८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई जनाबीचको दूरी एक मिटर नराखे ८ लाख जरिवाना र ६ महिना जेल !

अ+ अ-

काठमाडौँ । सिंगापुरले आजदेखि लागू हुनेगरी कडा नियम ल्याएको छ । अब सिंगापुरको सार्वजनिक स्थानमा दुई जना व्यक्तिबीचको दूरी एक मिटर(३.३ फीट) कायम नगरे १० हजार सिंगापुर डलर(करिब ८ लाख ३९ हजार नेपाली रुपैयाँ) जरिवाना अथवा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार बिहानैदेखि यो नियम कार्यान्वयनमा आइसकेको छ। त्यस्तै सिंगापुर सरकारले बिनाकाम १० जनाभन्दा बढी भेला नहुन पनि सबैलाई निर्देशन दिएको छ।

कोरोना नियन्त्रणका लागि सिंगापुर सरकारले चालेका कदम प्रभावकारी भएको बताइएको छ। शुक्रबार बिहानसम्म सिंगापुरमा ६८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यसमध्ये १७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सिंगापुरमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको मात्रै मृत्यु भएको छ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विभिन्न देशले लकडाउनदेखि घरबाट बाहिर निस्कन नदिने निर्देशन दिएका छन्। इटालीमा कोरोना संक्रमित व्यक्ति घरबाट निस्किए ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस