६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आइपुग्यो स्वास्थ्य सामाग्री

अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण पहिचान, रोकथाम तथा उपचारका लागि सरकारद्वारा खरिद गरेका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ज्याकमा फाउन्डेसन र स्वास्थ्य मन्त्रालयले खरिद गरेका सामग्री ग्वाङजाउबाट आज बिहान ५ः३० बजे काठमाडौँ ल्याएको हो ।

सरकारले ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट एक अर्व २४ करोड ६८ लाख रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

शनिवार दिउसो १२ बजे स्वास्थ्य सामाग्री ल्याउन चीनका लागि नेपालबाट गएको वायु सेवाको एनएसी ए ३३०-२४३ विमान राती आइपुग्ने भनिए पनि सामाग्री लोड गर्न समय लागेका आज बिहान मात्रै आइपुगेको हो ।

नेपाल ल्याइएका स्वास्थ्य सामग्रीमा इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, सङ्क्रमण परीक्षण किट, नमुना सङ्कलन गर्ने ट्युबहरू, गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री रहेको जनाइएको छ ।

जहाजमा चीनको सिचुवान प्रदेश, चिनियाँ दूतावास, अलि बाबा र ज्याकमा फाउन्डेसनले नेपाललाई सहयोग स्वरूप उपलब्ध गराउने भनिएका सामाग्रीहरू पनि ल्याइएको छ ।

सम्बन्धित समाचार : यसरी आउँदैछ चीनबाट कोरोना स्वास्थ्य सामाग्री(फोटोफिचर)

सिचुवान प्रदेश र चिनियाँ दूतावासबाट प्राप्त हुने सामग्री १.१ मेट्रिक टन र दुई वटा फाउन्डेसनले उपलब्ध गराएको सामान १.४ मेट्रिक टन रहेको छ । दुई फाउन्डेसनले कूल १९ लाख ९८ हजार ८ सय ५५ चिनियाँ यूयान(हालको विनिमय दर अनुसार ३ करोड १९ लाख १ हजार ६ सय रुपैयाँ) बराबरको सामग्री पठाएका छन्। सिचुवान प्रदेश र चिनियाँ दूतावासले भने ३ लाख ३ हजार १ सय चिनियाँ यूयान(हालको विनिमय दर अनुसार ५४ लाख ९ हजार ५ सय रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री पठाएका छन् ।

पर्यटन सचिव तथा वायुसेवा निगमका अध्यक्ष केदारबहादुर अधिकारीले आज बिहान साढे पाँच बजेको समयमा चीनबाट सामाग्री काठमाडौँ आइपुगेको बताए । उनले राष्ट्रिय जिम्मेदारीप्रति नेपाल वायुसेवा निगमका चालकले देखाउनु भएको धैर्य र संयमताको उच्च प्रशंसा गर्दै सबैलाई धन्यवाद समेत दिएका छन् ।

‘कोरोनाको उद्धारपछि नेवानिको अर्को सफलताको कथा !’ अध्यक्ष अधिकारीले भनेको छन् ‘आठ घण्टा बढी समयको पीडादायी पर्खाई पछि कोरोनाको उपचार सामाग्रीसहितको जहाज अहिले बिहान ५.३० बजेतिर आइपुगेको छ ।’

स्वास्थ्य सामग्रीहरुको मूल्यसूची सार्वजनिक भएसँगै बजार मूल्यभन्दा महँगो भएको भन्दै सामाजिक सञ्जालमा ‘अनियमितता’ गर्न लागेको भन्दै चर्को आलोचनासमेत शुरु भएको छ । नेपालमै यसअघि भएका कारोबार र अन्तर्राष्ट्रिय अनलाइन सपिङ साइटमा राखिएको मूल्यसँग तुलना गरी सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस