१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसोलेसन वार्ड स्थापनामा जुटे १२ स्थानीय तह

अ+ अ-

मेलम्ची । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जिल्लाका राजनीतिक दलका नेता, गाउँ सरकारका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिबीच शनिबार बसेको बैठकले सदरमुकाम चौतारा, मेलम्ची र बाह्रविसे बजारमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ ।

यसका लागि प्रत्येक स्थानीय तहले रु पाँच लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको प्रमुख तामाङले बताए । उनले भने, ‘नपुग रकम वाग्मती प्रदेश सरकारसँग माग गर्ने सहमति गरेका छौँ ।’

कोषमा स्थानीय तहले बजेट जम्मा गर्नेछन् । बजेट परिचालनसम्बन्धी कार्यविधि बनाउने जिम्मेवारी प्रमुख तामाङलाई नै दिइएको छ । बैठकले क्षेत्रीय आइसोलेनको सेवा क्षेत्र र स्थापना तथा सञ्चालनको नेतृत्वसमेत तोकेको छ । मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिकासहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ ।

यसको स्थापना र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी मेलम्ची नगरप्रमुख डम्बर अर्याललाई दिइएको छ । चौतारामा बन्ने आइसोलसनको नेतृत्व सोही नगरका प्रमुख अमानसिंह तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगरसहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ ।

बाह्रविसेमा स्थापना हुने आइसोलेसनले बाह्रविसे नगरसहित भोटेकोशी, सुनकोशी, त्रिपुरासुन्दरी र लिसङ्खुपाखर गाउँपालिकालाई सेवा क्षेत्र बनाएको छ । बैठकले एकद्वार नीतिद्वारा स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको छ । बैठकले सम्भावित सङ्क्रमण फैलन नदिन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई दुई कक्षमा विभाजन गर्ने र अपुग भएको खण्डमा सिङ्गल क्याविन बलेरो प्रयोगमा ल्याउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस