९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा नियमित माइकिङ

अ+ अ-

रसुवा । कोभिड १९ नियन्त्रणमा पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले नियमितरूपमा माइकिङ गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कोरोना भाइरससम्बन्धी स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम रोग नियन्त्रणम पालना गर्नुपर्ने नीतिका बारेमा नेपाल प्रहरीमार्फत स्थानीय बासिन्दामा जागरण गराउन नियमित माइकिङ गर्ने काम तीव्ररूपमा अगाडि बढाइएको हो ।

स्थानीय बासिन्दाले घरघरमा सुन्ने गरी प्रहरीको मोटर तथा मोटर साइकलबाट माइकिङ गरिएको र लकडाउन रसुवालीले पुर्णरूपमा पालना गरिरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । जनताको सुरक्षाका लागि टिमुरे, थुमन, थाम्बुचेत, लाङटाङ, स्याफ्रुबेंसी, हाकु, डाँडागाउँ, ग्राङ, कालिकास्थान, बेत्रावती र पारच्याङसमेतका प्रहरीचौकीमार्फत अहोरात्र प्रहरी परिचालन भइरहेको बताइएको छ ।

औषधि छर्कँदै
रोग नियन्त्रणका लागि राजमार्गलगायत मानवबस्तीका गल्लीगल्लीमा समेत कीटनाक औषधि छर्ने काम अगाडि बढिसकेको प्रहरीले जनाएको छ । पहिलो चरणअन्तर्गत सदरमुकाम धुञ्चे क्षेत्रमा कीटनाशक औषधि छर्ने काम सम्पन्न भइसकेको र क्रमिक रूपले जिल्लाभरमै विस्तार गर्ने अठोटका साथ काम अगाडि बढिसकेको बताउँदै प्रहरी प्रमुख सुवेदीले औषधी छर्ने स्प्रे उपकरण रसुवामा उपलब्ध नहुँदा नुवाकोटबाट झिकाइएको जानकारी दिए ।

चीनसँगको सीमा जोडिएको जिल्ला भए पनि हालसम्म रसुवामा कोरोना भाइरसको लक्षण देखानपरेको चिकित्सकले बताएका छन् । भाइरस रोकथामका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सक, गाउँपालिकालगायत सबै तहका जनप्रतिनिधिसमेतको सहयोग अत्यन्तै राम्रो भएका कारण स्थानीय बासिन्दा लकडाउनको आदेश पुर्णरूपमा पालना गर्दै निर्धक्कसाथ घर घरमा बसिरहेको रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।

स्थानीय वडा कार्यालयहरूलाई नियमित कीटनाशक औषधि छर्ने व्यवस्था गरिदिन स्थानीय बासिन्दाले माग गरेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि रसुवा जिल्लाले तयार गरेको क्वारेन्टाइन सुविधाजनक भएको जनाइएको छ । मापदण्डअनुरूपको शयय्या दाँत माझ्ने ब्रस तथा मञ्जनलगायत क्वारेन्टाइनमा बस्दा चाहिने सम्पूर्ण आधारभूत वस्तु छन् ।

प्रतिक्रिया दिनुहोस