६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुको वितरणमा कुनै समस्या छैन : उद्योग मन्त्रालय

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरिएको जनाएको छ ।

मन्त्रालयले हालसम्म प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै पनि समस्या नदेखिएको बताएको छ । प्रदेशमा चामल ११ हजार २९० मेट्रिक टन, दाल दुई हजार ६०० मेट्रिक टन, चिनी तीन हजार ९२३ मेट्रिक टन र नुन ३२ हजार मेट्रिक टन, खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सरकारले आपूर्ति व्यवस्थापन तथा सम्भावित कालोबजारी नियन्त्रणका लागि साना तथा ठूला बजार र शहरमा अनुगमन, ग्यास आपूर्तिकर्ता र ग्यास उद्योगको अनुगमन तथा मौज्दात जाँच गरिरहेको छ भने मूल्यसूची सार्वजनिक तथा प्रसारण कार्यलाई कडाइका साथ लागू गरिएको छ ।

आपूर्ति व्यवस्थापनका लागि मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा हेल्प डेस्क सञ्चालनमा ल्याई सेवा प्रवाह गरिरहेको जनाइएको छ । पछिल्लो समयमा सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा देखिएको ग्यास आपूर्तिको समस्या समाधान गरिएको मन्त्रालयले जनाएको छ ।

उद्योगहरुमा मजदुर तथा अत्यावश्यक सामग्री ओसारपसारमा देखिएको समस्यालाई सरोकारवाला निकायको सहकार्यमा समाधान गरिएको बताइएको छ । प्रदेश सरकारले टोलटोलमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न बृहत् योजना कार्यान्वयनका लागि तयार पारेको, ग्यास तथा ऊर्जाको व्यवस्थापनका लागि वैकल्पिक स्रोतहरु विद्युत्, दाउरा तथा बायो ब्रिकेटलगायतका स्रोतको प्रयोगका लागि संयन्त्रको परिचालन गर्ने योजना बनाइएको, मजदुर, ज्यामी, विपन्न घरपरिवार, बालआश्रम तथा वृद्धाश्रममा खाद्यान्न व्यवस्थाका लागि स्थानीय तहको समन्वयमा आवश्यक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस