९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ आइसोलेशनमा २४, उपचारपछि घर फिर्ता ८

अ+ अ-

घोराही । दाङमा कोरोना भाइरसको आशंकामा २४ जनाले आइसोलेशनमा भर्ना भएर उपचार गराएका छन् । भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । दश जना अहिले पनि उपचारका क्रममा रहेका छन् ।

पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको बताइएको छ । भर्ना भएकामध्ये छ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर पठाइएको छ भने बेलझुण्डीबाट दुई जनालाई घर फिर्ता गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ । उपचार गराएकामध्ये ११ जनाको स्वाब परीक्षण गरिएको छ ।

‘दाङबाट पठाइएको स्वाबको सबै रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले भने, ‘बेलझुण्डीमा उपचार गराइरहेकामध्ये पाँच जनाको आज स्वाब परीक्षणका लागि नमूना संकलन गर्न लागेका छौँ ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक मात्रै भर्ना भएका छन् । साथै सबै स्थानीय पालिकाले आइसोलेशन अगावै क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन् ।

सबै स्थानीय तहमा क्वारेन्टाइन
दाङका सबै स्थानीय तहले कोरोना भाइरसको न्यूनीकरणका लागि क्वारेन्टाइन निर्माण गरेका छन् । कम्तीमा पाँचदेखि ६० शय्यासम्मका क्वारेन्टाइन छन् ।

भारतबाट आउने धेरै
कोरोना भाइरसको हल्ला चलेसँंगै भारतबाट फिर्ता हुनेको संख्या धेरै छ । स्थानीय सरकारले संकलन गरेको तथ्यांकानुसार तेस्रो मुलुकको तुलनामा भारतबाट फिर्ता हुनेको संख्या धेरै रहेको हो ।

दाङका दश स्थानीय तहमा सबैभन्दा बढी भारतबाट फिर्ता हुने नागरिकको संख्या धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस