१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन् !

अ+ अ-

सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् ।

डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुर्व्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ’, उनले भने, ‘यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु’, उनले भने ।

यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह गरे। ‘यदि जोकोहीमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने उनहरु नै छन् । यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ’, उनले भने । स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने समय भएको भन्दै यस्ता गलत काम नगर्न उनले आग्रह गरे।

श्रमिकलाई राहत वितरण
यहाँको कमलामाई नगरपालिकाले श्रमिकलाई राहत प्याकेज ल्याएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण हुन नदिन भन्दै नेपाल सरकारले दैशैभर गरेको लकडाउनको अवधिमा श्रमिकलाई रहात प्यकेज ल्याएको हो ।

लकडाउनका कारण दैनिक काम गरेर जीवनयापन गरिरहेका श्रमिकलाई यस अवधिभर घरमै बसेर खान पुग्ने राहत वितरण गरिने नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । लकडाउनबाट दैनिक ज्याला मजदुरीबाट जीवीकोपार्जन गर्दै आएका नगर क्षेत्रका ३३ श्रमिकलाई खाद्यान्नको राहत प्याकेज प्रदान गरिएको प्रमुख खत्रीले जानकारी दिए ।

खोलाको किनारमा ढुङ्गा फुटाई गिट्टी बिक्री गरी दैनिकी चलाउँदै आएका ३३ श्रमिकलाई पहिलोपटक राहत दिइएको उनले बताए । ३३ जनालाई २० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई केजी आलु, ५० ग्राम बेसार, एक लिटर तेल र १ केजी नुन दिइएको छ । सो राहत प्याकेजले श्रमिकलाई १० देखि १५ दिनसम्मका लागि पुग्ने अनुमान गरिएको छ । खोला किनारमै बसेर जीवन निर्वाह गर्नेमध्ये सोमबार सम्पर्कमा आएकालाई राहत उपलब्ध गराइएको र अन्यलाई पनि सम्पर्कमा आउन उनले आग्रह गरे ।

यस्तै कमलामाई नगरपालिकाले विपन्न वर्गहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । स्वास्थ्य बीमा गरेका ३९४ जनालाई पनि राहत प्रदान गरिने प्रमुख खत्रीले जानकारी दिए । ‘लकडाउनका कारण विपन्न वर्ग पनि प्रभावित भएको र दैनिकी चलाउन समस्या भएको अवस्थामा नगरपालिकाले त्यस्ता वर्गलाई पनि राहत उपलब्ध गराउने छ’, उनले भने। रासस

प्रतिक्रिया दिनुहोस