९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

अ+ अ-

दार्चुला । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाए ।

नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् ।

मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, ‘हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौँ, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।’

प्रतिक्रिया दिनुहोस