८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अनधिकृत रूपमा समाचार हटाइएको’प्रति काठमाडौँ प्रेसको आपत्ति

अ+ अ-

काठमाडौँ । अनलाइनमा प्रकाशित समाचार अनधिकृत रूपमा हटाइएकोप्रति अनलाइन न्युज पोर्टल काठमाडौँ प्रेसले आपत्ति जनाएको छ ।

काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा वेब डेभलपरले नै नयाँ एडमिन बनाएर सो समाचार हटाएको आरोप लगाइएको छ ।

सरकारले चीनबाट मेडिकल सामान खरिद गरेको विषयमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षा मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकका मङ्गलवार साँझ प्रकाशन गरेको समाचार अनधिकृत रूपले हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

‘बुधवार बिहान हाम्रो साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज प्रा.लि.को प्यारेन्ट कम्पनी एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर ‘त्यो समाचार हटाइदिनु पर्‍यो, हामीलाई माथिबाट ठुलो दबाब आयो’ भन्ने अनुरोध गर्नुभयो’, विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्रकाशित भएको समाचार हटाउन नमिल्ने, बरु समाचारका विषयमा कसैको केही भन्नु छ, खण्डन गर्नु छ भने लिखित रूपमा हामीलाई प्रतिक्रिया पठाउन आग्रह गर्‍यौँ,’

बिहान १०ः३० बजे शिरान टेक्नोलोजिजका प्रज्ज्वल महर्जनले फोन गरेर ‘त्यो समाचार त हटाउनै पर्‍यो’ भनेको तर आफूहरूले समाचार हटाउन नमिल्ने जवाफ दिँदै साइटमा तलमाथि केही नगर्नुहोला भनेर सचेत गराएको समेत काठमाडौँ प्रेसले जनाएको छ । ‘त्यसको दुई मिनेटपछि समाचार साइटबाट हटाइयो । त्यसपछि ढकाल, शर्मा र महर्जनलाई पटक पटक फोन गर्‍यौँ, मेसेज पठायौँ, तर उहाँहरूले कुनै प्रतिक्रिया जनाउनु भएन’ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माद्वारा विज्ञप्तिमा भनिएको छ ‘समाचार हटाइएकोमा कानुनी प्रक्रियामा जान्छौँ भनेपछि फोन उठाउनु भयो र ‘हामी हेर्छौँ’ भन्नुभयो । तर, हटाइएको समाचार पुनः प्रकाशन गर्नुको सट्टा करिब २ बजेदेखि ४ बजेसम्म समाचार अपडेट नै गर्न नमिल्ने गरी साइट राखियो ।’

म्यासेज गरेर कानुनी उपचार खोज्ने जानकारी दिएपछि बल्ल समाचार प्रकाशन गर्न मिल्ने बनाएको काठमाडौँ प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस