९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सामग्री खरिद प्रकरणमा जोडिएकालाई जिम्मेवारीमुक्त गर्न प्रधानमन्त्रीलाई देउवाको आग्रह

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै मेडिकल सामाग्री खरिदमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीमुक्त गरी अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्‍व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टीले माफी योग्य छैन्,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।’

अनियमिततामा संलग्‍न भएको आरोप लागेकाहरुको अनुसन्धान र कारबाहीमा भएको ढिलाइमा पनि देउवाले आफ्‍नो ध्यानाकर्षण भएको बताएका छन्। मेडिकल सामग्री खरिद प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्‍न भइरहेको एवं समाचार लेख्‍ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएकोमा आफ्नो ध्यानाकर्षण भएको देउवाले बताएका छन्।

अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने देउवाको भनाइ छ।

लकडाउनका कारण भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्‍ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले विशेष चनाखो भइ कार्य गर्न आवश्यक रहेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।

देउवाले काठमाडौँ प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक भएको भन्दै यस प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस