काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरूसँग सरकारले आर्थिक सहयोगको आशा राख्न नहुने बताएका छन् ।
यसले उनीहरूलाई कर्तव्य पथमा विचलित पार्न सक्ने भन्दै इच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्न उत्तम हुने बताएका हुन् ।
बुधवार राति ट्विट गर्दै पूर्वराजा शाहले भनेका छन् ‘सङ्कटको यस घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरूसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न जसले उनीहरूलाई कर्तव्य पथमा विचलित पारोस्। राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र इच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ।’
संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पारोस्। राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 8, 2020