७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाना नपाउँदा कुखुरालाई घाँस !

अ+ अ-

भजनी । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए ।

सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आएका छन् । चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उनकै सिको गर्न थालेका छन् ।

चैतेदशैँ र नयाँ वर्ष लक्षित गरी कुखुरा फार्म शुरु गरेका कुखुरापालक किसानले बजारमा दाना नहुँदा घाँस खुवाएर कुखुरा पालिरहेका छन् । ठाकुरले पनि माघ महिनामा ८०० कुखुराका चल्ला फार्ममा हालेको बताउँदै फार्ममा भएका कुखुरा ६० दिनभन्दा बढीको भइसकेको बताए । ४५ दिनभित्र कुखुरा उठाइसक्नुपर्ने भए पनि लकडाउनका कारण हालसम्म ५० कुखुरा बिक्री नभएको उनले बताए।

“साहुसँग कुखुराका लागि दाना मगाउँदा दाना छैन भन्ने प्रतिक्रिया आउँछ । दैनिक कम्तीमा एक क्विन्टल दाना चाहिन्छ”, चौधरीले भने, “हप्तामै एक क्विन्टल दाना पाउन सकिएको छैन, मेहेनतको फल प्राप्त गर्ने बेला हाम्रो बेजोग भयो । आजसम्म बारीमा घाँस भएका कारण बल्लतल्ल घाँस खुवाएर कुखुरालाई बचाएको छु ।” बजारमा दाना पाउन छोडेपछि चौधरीले पाँच केजी दाना, २० केजी घाँस र ५ केजी चामलको भुस मिलाएर कुखुरालाई दिने गरेको बताए ।

त्यस्तै, सोही ठाउँका मङ्गल चौधरीका एक हजार कुखुरा फार्ममा छन् । लकडाउनका कारण कुखुरा बजारमा नजाँदा २०० भन्दा बढी कुखुरा मरिसकेको मङ्गलले बताए । उनले लघुवित्तबाट ऋण लिएर कुखुरा व्यवसाय सञ्चालन गरेको बताउँदै यस्तै अवस्था रहे आफ्नो रु आठ लाख डुब्ने खतरा आएको बताए । उनले प्रत्येक महिना लघुवित्तको किस्ता तिर्नुपर्ने भएको उल्लेख गर्दै लकडाउनका कारण समूह नबसेकाले मात्र आफूलाई केही सहज भएको तर समूह बस्दा पैसा कहाँबाट जोहो गर्ने चिन्ता बढ्दै गएको बताए ।

“किस्ता पैसा नतिर्दासम्म समूह उठ्दैन । किस्ता तिर्नलाई पैसा छैन । भएको पैसा कुखुरा फार्ममा खर्च भइसकेको छ”, मङ्गलले भने, “साँझ–बिहान अत्यावश्यक सेवाका लागि खुल्ने पसलजस्तै फ्रेस हाउस पनि खोल्ने भए केही राहत हुन्थ्यो । यस्तै अवस्था रहे रोडमा जानुको विकल्प छैन ।”

कुखुरा व्यवसाय गर्दै १८ जनाको परिवार धान्दै आएका जानकी गाउँपालिका–७ का उत्तम चौधरीको बिलौना पनि यस्तै छ । फार्ममा उत्पादन भई बजारका लागि तयार भएको कुखुरा लकडाउनका कारण फार्ममै रहँदा परिवारलाई साँझ–बिहानको जोहो गर्न समस्या हुँदै आएको उनले बताए । “मसँग ७५० कुखुरा थिए । दुई सय कुखुरा मरे भने एउटा पनि बिक्री गर्न पाएको छैन”, उत्तमले भने, “परिवारको सबै आस भरोसा यही कुखुरा फार्म थियो । अहिले राहत माग्न जाउँ व्यवसाय छ । स्थानीय सरकार दिँदैन । नजाउँ परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसकेको छ ।”

उनले स्थानीय सरकारलाई फ्रेस हाउस दैनिक दुईदेखि चार घण्टासम्म खोल्ने व्यवस्था गरिदिएको भए आफूजस्ता सयौँ कुखुरा व्यवसायीले ठूलो राहत पाउने बताए । हाल टीकापुर नगरपालिकाभित्र पाँचा पोल्ट्री सप्लायर्स छन् । सप्लायर्सले आफैँ लगानी गरी व्यवसायीलाई कुखुरा पाल्ने व्यवस्था गरेको भए पनि बजारमा मासु खपत नहुँदा समस्या हुँदै आएको नयन पोल्ट्री एण्ड फिड सप्लायर्सका सञ्चालक दिलीप बुढाले बताए । उनले हालको अवस्थामा नगरपालिकाभित्र रु ६० देखि ७० लाख मूल्य बराबरको कुखुरा तयारी अवस्थामा रहेको तर दैनिक रु एक लाख मूल्य बराबरको कुखुरा पनि बजारमा गएको छैन् भने।

सप्लायर्सका सञ्चालक बुढाले कुखुराको दानाका लागि कम्पनीले नगदमा मात्र कारोवार गर्न थालेपछि आफूहरुसँग भएको लगानी नउठ्दा दाना आयात गर्न सक्ने अवस्थासमेत नरहेको बताए । “कुखुरा व्यवसायीलाई राज्यले केही छुट दिन आवश्यक छ । अहिले पोल्ट्री व्यवसायीहरु दिनप्रतिदिन धरासायी बन्दै आएका छन्”, उनले भने, “यही अवस्था रहे पोल्ट्री व्यवसायी रोडमा आउनुपर्ने अवस्था देखिएको छ । कहीँकतैबाट पनि हामीलाई सहज गर्ने बाटो पाइएको छैन ।” उहाँले तत्काल केही व्यवसायीसँग बारीमा घाँस भएका कारण त्यसलाई दाना बनाएर कुखुरालाई बचाउने काम गर्दै आएको भए पनि त्यो उपाय पनि दीर्घकालीन नहुने र घाँस सबै व्यवसायीसँग नभएको बताए ।

प्रतिक्रिया दिनुहोस