८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगर क्वारेन्टिनका १८३ घर फिर्ता

अ+ अ-

सुर्खेत । वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइन ९निगरानी कक्ष० मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’ परीक्षणमा कोरोना सङ्क्रमण नदेखिएपछि घर पठाइएको छ । क्वारेन्टिनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना सङ्क्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो ।

खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार तथा अन्यलाई शनिबार बिदाइ गरिएको जानकारी दिए ।

नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टिनमा यही चैत १५ गतेदेखि सुर्खेतका ५७, दैलेखका ८७, कालिकोटका सात, जाजरकोटका २०, जुम्लाका १६ र अछामका एक गरी १८८ जना बसेका थिए । क्वारेन्टाइन सञ्चालनमा आउनुअघि उनीहरुलाई चार दिनसम्म होटल, विद्यालय र गैरसरकारी संस्थाको छात्रावासमा राखिएको थियो । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।

क्वारेन्टाइनको १९ दिन बसाइ सकेर फर्कँदै गर्दा उनीहरु खुशी भएका थिए । सुर्खेतको चौकुने गाउँपालिका–७ का केशव विकले क्वारेन्टाइन बसाइ राम्रो भएको बताए । “शुरुशुरुमा जेलका रूपमा बुझेका थियौँ, हाम्रै सुरक्षाका लागि रहेछ स्वास्थ्य परीक्षण पनि भयो”, उनले भने, अब त गाउँ जाँदा पनि ढुक्क भइयो ।” नेपाल भारत सीमाक्षेत्रमा अलपत्र पर्दा सरकारले उद्धार गरी सुरक्षित राखेकामा उनले खुशी व्यक्त गरे ।

दैलेख, दुल्लु नगरपालिकाकी विष्ना बिष्टले कोरोनाको त्रास हटेको बताए । “भारतबाट आएकाले कतै आफूमा कोरोना छ कि भन्ने त्रास थियो, परीक्षण गर्दा आशङ्का मेटियो, अब ढुक्क भइयो”, उनले भने । उनी भारतको सुरतबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस