११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत तथा आर्थिक प्रवर्द्धन प्याकेज अध्ययन समिति गठन

अ+ अ-

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्ंदर्भमा राहत र आर्थिक प्रवर्द्धनको प्याकेज घोषणा तथा वितरण प्रणालीका सम्बन्धमा सुझाव दिन एक अध्ययन समिति गठन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा गठित समितिले कोरोनाको असर कुनकुन क्षेत्रमा कसरी पर्नेछ र कोरोना प्रभावको सन्दर्भमा आगामी आर्थिक नीति कस्तो हुनु पर्दछ भनेर विभिन्न अर्थशास्त्रीहरुको अध्ययन तथा विश्लेषणका आधारमा सरकारलाई सुझाव पेश गर्ने जनाएको छ ।

समितिमा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्षहरु पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, प्रा डा गोविन्दराज पोखरेल, डा स्वर्णिम वाग्ले, एवं राष्ट्रिय योजना आयोग पूर्व सदस्यद्वय प्रा डा पुष्कर बज्राचार्य र डा अरविन्द मिश्र, त्रिभुवन विश्वविद्यालय प्रा डा विजया श्रेष्ठ, प्रतिष्ठानका सदस्य डा दधि अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेस वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव र भक्तपुर बहुमुखी क्याम्पसका प्रा वसन्ती आचार्य सम्मिलित छन् ।

समितिले नेपालमा कोरोना सङ्क्रमणको कारणले सबैभन्दा बढी असर परेका भौगोलक क्षेत्र तथा पीडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि अध्ययन गरेर सुझाव पेश गर्ने छ । यसरी प्रस्तुत गरिएको सुझाव, समितिको निर्णयानुसार समितिका सदस्यहरुको उपस्थितिमा नेपाल सरकार तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससमक्ष पेश गरिने काँग्रेसका नेतासमेत रहेका अध्यक्ष जोशीले जानकारी दिए।

अध्ययन समितिले यही सोमबार १ गतेदेखि आफ्नो काम शुरु गरेर तीन हप्ताभित्र अध्ययन गर्नेछ । अध्ययनलाई प्रभावकारी बनाउन समितिलाई सहयोग, सल्लाह र सुझाव प्रदान गर्न सबैलाई अनुरोध गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि नेपालमा लागु गरिएको लकडाउनका कारण मुलुकको आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा ठूलो प्रभाव परेको छ ।

कोरोना सङ्क्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्दर्भमा सरकारले असर पार्ने आर्थिक र भौगोलिक क्षेत्रको पहिचान गर्नुपर्ने, प्रत्यक्ष र अप्रत्यक्ष असर पर्ने क्षेत्रलाई राहत प्याकेजको घोषण गर्नुपर्ने र त्यस्तो घोषणा व्यावहारिक, वैज्ञानिक, र तथ्यसङ्गत हुनुपर्ने तथा कोरोना सङ्क्रमण पछिको आर्थिक नीति र प्रवद्र्धन कस्तो हुनुपर्ने छ भन्ने बारेमा अहिलेदेखि नै गृहकार्य गनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस