७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

The main opposition United Future Party's candidate Hwang Kyo-ahn, right, takes photos with a supporter during his campaign for the upcoming parliamentary election in Seoul, South Korea, Tuesday, April 14, 2020. The elections will be held on April 15 about 14,300 polling stations at all over the nation to pick lawmakers. (AP Photo/Ahn Young-joon)
अ+ अ-

सउल । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।

वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ । हाल सदनमा यो दलको १२० सिट छ । बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ । सदनमा युटाइटेड फ्युचरको पार्टीको ११२ सिट भए पनि २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् । उनीहरु पनि आफ्नो बहुमत आउने दाबी गरिरहेका छन् ।

मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ । आफूले सत्ता सम्हाल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने उनको महत्वकाङ्क्षी योजना अझै पूरा हुनसकेको छैन तर पनि अन्य योजनाहरु चुस्तगतिमा अगाडि बढाउनाका साथै कोरोना माहामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापीरूपमा प्रशंसा भइरहेको छ ।

मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहेअनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर हुनेछ ।

जोखिम हुन नदिन तयारी
कोरियाली निर्वाचन आयोगका अनुसार कोरोना सङ्क्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

हातमा स्यानिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७.५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ ।

चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन् । उनीहरु बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ । साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो । उनीहरुले दुई साताअघिदेखि नै भोट हालिसकेका छन् ।

कोरोना माहामारीका कारण कोरियाली सरकारले सभा सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । सङ्क्रमण पुष्टि भएपछि गत जनवरी २० बाटै सभा सम्मेलन गर्न रोक लगाइएको छ । दुई वा तीन जना प्रतिनिधिहरुले सामान्य घरदैलो कार्यक्रम गरी प्रचारप्रसार तथा सामाजिक सञ्जाल र फोन म्यासेन्जरबाटै प्रचार भए भने कता कति गाडीबाट माइकिङमार्फत उम्मेदवारले आफ्नो योजना भने र ब्यानर टाँस्ने काम पनि गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस