११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशीले १ करोड २० लाखको कोष निर्माण गर्ने

अ+ अ-

मेलम्ची । भोटेकोशी गाउँपालिकाले रु एक करोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने भएको छ । बिहीबार बसेको गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । गाउँकार्यपालिकाको गत चैत १२ गते बसेको बैठकको निर्णयले नेपाल बङ्गलादेश बैंकमा स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा नेपाल सरकारको निर्णयबमोजिम छ शीर्षकबाट बजेट रकमान्तर गरी उक्त कोष निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकोप व्यवस्थापन कोषमा पदाधिकारी तथा कर्मचारी भ्रमण शीर्षकबाट रु १० लाख, खेलकुद, उत्सव तथा महोत्सव शीर्षकबाट रु १० लाख, एम्बुलेन्स खरिद शीर्षकबाट रु १० लाख, घुम्ती शिविर सञ्चालन कार्यक्रमबाट रु १० लाख, गुरुयोजना तथा डिपिआर तयार शीर्षकबाट रकमान्तर गरेर र प्रदेश सरकारबाट प्राप्त हुने रु १० लाख गरी रु एक करोड २० लाखको कोष निर्माण गरिने छ ।

यस्तै कार्यपालिका बैठकबाट सरकारले लागु गरेको लकडाउनको समयमा जीवनयापन गर्न कठिन भइरहेका असङ्गठित श्रमिक, अति विपन्न परिवार, अपाङ्ग, एकल महिला आदिको पहिचान गरी प्रतिपरिवार ३० केजी चामल दुई केजी दाल, दुई केजी नुन, दुई लिटर तेल, एक केजी मस्यौरा र दुई वटा साबुन वितरण गर्नेसमेत निर्णय भएको छ । राहत वितरणका लागि पालिकाले तयार गरेको इ–बिड प्रक्रियाबाट प्रतिस्पर्धा गराई खरिद गरिने छ ।

सरकारले यही वैशाख १५ गतेसम्मका लागि तय गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन पालिकाभित्रका अत्यावश्यक तरकारी तथा खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णयसमेत भएको पालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस