१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

अ+ अ-

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।

घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन् । तीमध्ये एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । स्थानीय होटल व्यवसायीले बन्दाबन्दीको समयमा आएका पर्यटकलाई बिहीबार प्रहरीको जिम्मा लगाएका थिए । पी ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (पुरुष) र जी ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।

सन् २०२० मार्च १० तारिखका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हुँदै घोडेपानी आइपुगेका हुन् । घोडेपानीबाट उनीहरुलाई भुरुङ तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

एकान्तवासमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परीक्षण गरेर चिनियाँ राजदूतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । यसअघि लकडाउनकै अवधिमा अन्नपूर्ण गाउँपालिका–१ बेगमा दुई चिनियाँ र बेनी नगरपालिका–६ गुफाबाट एक दक्षिण कोरियाका पर्यटकको उद्धार गरिएको थियो ।

नेकपाको सहयोग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुरको राहत व्यवस्थापन गर्न रु दुई लाख ५७ हजार ८३३ सहयोग गरेको छ । मजदुर तथा निम्न वर्गका प्रभावित जनतालाई राहत वितरणमा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले कोषको खातामा रकम जम्मा गरेको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

नेकपा म्याग्दीका नेता, कार्यकर्ता र शुभचिन्तकबाट स्वेच्छिकरूपमा आर्थिक सहयोग जुटाएर विपद् व्यवस्थापन समितिलाई सहयोग गरेको हो । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका निम्न वर्गका समुदाय प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस