१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिमी वायुको प्रभाव : तीन दिन बदलीसँगै वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका मध्य र पूर्वका केही स्थनका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्च्मिी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघर्जन, चट्याङ÷असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

भोलि आइतबार पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ । पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । रातिको समयमा पनि यो क्रम जारी रहनेछ ।

त्यस्तै वैशाख ८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराह्नपश्चत पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो मौसमी विवरणअनुसार आज काठमाडौँको अधिकतम तापक्रम २७ दशमलव आठ र न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस छ । बितेको २४ घण्टामा काठमाडौँमा चार मिलीमिटर वर्षा भयो । सबैभन्दा बढी सिमरामा ४४, पोखरामा २५ मिलीमिटर वर्षा भएको छ । ओखलढुङ्गामा छ, धनकुटाम तीन र धनगढीमा सात मिलीमिटर वर्षा भएको छ । रासस

प्रतिक्रिया दिनुहोस