११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा अपनाउँदै मोहना–राजघाट पुल निर्माण शुरु

अ+ अ-

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना–राजघाट पुलको निर्माणकार्य शुरु भएको छ । कामदारको सुरक्षालाई ध्यानमा राख्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएका योजनाको काम सञ्चालनमा ल्याउन सङ्घीय तथा प्रदेश सरकारले निर्णय गरेपछि सो काम शुरु भएको हो ।

कैलाली प्रशासनबाट मोहनापुल–अत्तरिया छ लेन सडक, कैलालीको धनगढी र कञ्चनपुरको रैकवारविचवा जोड्ने पुल आयोजनालाई अनुमति दिइसकेपछि सो काम शुरु भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सुरक्षाका मापदण्ड अपनाएर दुई आयोजनाका काम अघि बढिसकेको बताउँदै उनले अहिले प्रशासनमा अन्य पाँच आयोजनाले अनुमतिका लागि निवेदन पेश गरेको जानकारी दिए । उनले ती दुई आयोजनालाई सामाजिक दूरी कायम गरेर काम गर्न अनुमति दिएको बताए। “हामीले गनुगमन गर्छौँ, अनुगमनका क्रममा त्यो पाइएन भने सो काम रोक्छौँ ।”, उनले भने ।

सरकारले महत्वपूर्ण योजना सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिन मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिएको र बाहिरका कसैलाई संलग्न नगराइ कोरोना सङ्क्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गरिएको उनको भनाइ छ ।

आयोजना सञ्चालनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड बनाएको जनाइएको छ । योजनाको काममा कुनै पनि बाधा–अवरोध भएमा प्रशासनले योजनाको अवस्था, भौतिक प्रगतिलगायतको अवस्थाका आधारमा सञ्चालनको अनुमति दिइरहेको प्रजिअ बोहराको भनाइ छ । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने सो पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम अलपत्र परेको थियो ।

कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा काम शुरु भएको साढे पाँच वर्ष पुग्नलाग्दा पनि पुल निर्माण हुनसकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी विसं २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । विविध कारण देखाएर पटक–पटक सो पुलको म्याद थपिँदै आएको छ ।

एक सय २० मिटर लामो पुलका लागि तीनमध्ये दुईवटा ‘स्पान’ बन्न बाँकी छ । शुरुमा रु सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । सो पुलको निर्माणकार्य ७५ प्रतिशत सम्पन्न भइसकेको छ भने अझै करिब २५ प्रतिशत काम बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर दिनेश बटलाले जानकारी दिए ।

पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन् । वर्षायाममा नदीमा डुङ्गा र हिउँदमा काठेपुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ । दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचारलगायत कामका लागि दैनिक ३००÷४०० जनाभन्दा बढी धनगढी बजार पुग्ने गरेको स्थानीय कमल चौधरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस