१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडियो नेपालका कार्यकारी निर्देशकलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न पत्र

अ+ अ-

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न पत्र पठाइएको छ ।

मङ्गलवार(हिजो) बिहान ६ः६० बजे रेडियो नेपालबाट प्रसारण हुने अन्तर संवाद कार्यक्रमको विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।

‘रेडियो नेपालबाट मिति २०७७/०१/१५ गते सोमबार बिहान ६ः३० बजेको अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री श्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पङ्गु, निरङ्कुश शासक र भष्माशुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कस्तो भएको हो ? तीन दिन भित्रमा स्पष्टीकरण पेस गर्नुहुन मिति २०७७/०१/१५ गतेको माननीय मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध छ’ मन्त्रालयकी सहसचिव राधिका अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको भन्दै कार्यकारी निर्देशक कार्कीले एक विज्ञप्ति प्रकाशित गर्दै क्षमा मागि सकेका छन् । साथै उनले आगामी दिनमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । तर उक्त पत्रसँगै चर्को आलोचनासमेत भएको थियो ।

यससँगै मन्त्रालयका सचिव दीपक सुवेदीले मन्त्रिपरिषद्को १२/०९ को निर्णयअनुसार थप ७ दिने स्पष्टीकरण पेस गर्न भनेका छन् ।

जसमा मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादन सम्झौतामा उल्लेखित सूचकाँकहरुमा सन्तोषजनक प्रगति हुन नसक्नुका कारण र वार्षिक कार्यक्रमहरू समयमा सम्पन्न हुन नसकेको विषयमा स्पष्टीकरण पेस गर्न भनेको छ । त्यसैगरी रेडियो नेपालको ललितपुरस्थित खुमलटार ट्रान्समिटिङ स्टेसनको ४२ रोपनी जग्गाको न्यूनतम दर कायम गर्दा स्थानीय तहको भाडा दर, सरकारी निकायको भाडा दर र प्रचलित बजार मूल्यको आधार नलिएको विषय र रेडियो नेपालको समष्टिगत सुधार प्रतिवेदन, २०७५ को बुँदा नं. २.१०(पेज नं.६३) मा उच्च व्यवस्थापनका सुधारका लागि सुझाव शीर्षकमा वर्तमान कार्यकारी निर्देशकको कार्यशैली हरेक दृष्ट्रिले संस्थाको हितमा नदेखिएको भनी औँल्याएको विषयमा सता दिन भित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस