९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी मनसुनमा पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने

अ+ अ-

भीष्मराज ओझा । आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । साथै क्षेत्रगतरूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

यद्यपि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको छ भने अन्य भूभागहरुमा त्यो भन्दा कम वर्षा हुने सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो आँकलन विभागको मनसुनी वर्षा आँकलन गर्ने प्रारुप र दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चले सार्वजनिक गरेको दक्षिण एशियाको आगामी मनसुनी वर्षाको आँकलनका आधारमा तयार गरिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिए । सामान्यतया सरदर वर्षा भन्नाले कुनै पनि स्थानको लामो समय (सन् १९८१ देखि २०१०) को ३४ देखि ६७ प्रतिशतको वर्षालाई जनाउँदछ भने सरदरभन्दा कम र बढीको वर्षा भन्नाले क्रमशः ३४ प्रतिशतभन्दा कम र ६७ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।

यस वर्ष बङ्गलादेशको ढाकामा यही वैशाख ८ देखि १० गतेसम्म दक्षिण एशियाली मुलुकहरुको जलवायु दृष्टिकोणसम्बन्धी साझा मञ्चको १६औँ सत्र कोभिड–१९ को महामारीका कारण ‘अनलाइन सत्र’को रूपमा सम्पन्न भएको थियो । उक्त भिडियो कन्फ्रेन्समा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, भूटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, अफगानिस्तान र म्यान्माका सरकारी सेवाका मौसम विज्ञानका विज्ञहरु र विश्व मौसम सङ्गठन, विश्व मौसम सङ्गठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिसलगायत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उनले बताए ।

यस मञ्चले मुलतः यस वर्षको मनसुनमा दक्षिण एशियाली मुलुकमा हुने वर्षाको अवस्था कस्तो रहन्छ भन्ने विषयमा छलफल केन्द्रित रही यसको आँकलनसमेत गरेको छ । मञ्चका अनुसार दक्षिण एशियाका धेरै भागमा यस वर्षको मनसुनी वर्षा साधारणतयाः सरदर हुने भन्दै आफ्नो साझा दृष्टिकोण सार्वजनिक गरेको छ । सो दृष्टिकोण बमोजिम नेपाल, भारतलगायत धेरैजसो देशमा यस वर्षको मनसुन सिजनमा सरदर वर्षा हुने सम्भावना रहेको छ भने दक्षिणी तथा मध्य पाकिस्तानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

उक्त साझा दृष्टिकोण दक्षिण एशियाको हावापानीलाई मुख्य प्रभाव पार्ने विद्यमान जलवायुको अवस्था र विश्वव्यापी जलवायु प्रारुपको ऋतुगत पूर्वानुमानको प्राविधिक विश्लेषण गरी मौसामविद्हरुद्वारा तयार गरिएको वरिष्ठ मौसमविद् डा कँडेलले बताए । साझा दृष्टिकोण तयार गर्ने क्रममा दक्षिण एशियाको जलवायुलाई प्रभाव पार्ने प्रशान्त महासागर र हिन्द महासागरको पानीको तापक्रममा निर्भर रहने जलवायु मोडल र अन्य सूचकको आँकलनसँगै अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस