१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा क्षमतावान् र नैतिकवान् जनशक्ति कसरी आकर्षित गर्ने ?

अ+ अ-

निजामती सेवामा बौद्धिक र क्षमतावान् जनशक्ति भित्र्याउने कार्य गर्न नसकिएको विषयले यदाकदा चर्चा पाउने गरेको छ । साथै नैतिकता मापन सम्बन्धी परीक्षा प्रणाली विकसित गर्न नसक्दा यस सेवामा नैतिकवान् जनशक्तिलाई मात्र भित्र्याउन त्यति सजिलो छैन । भएका नैतिकवान् र क्षमतावान् कर्मचारीहरूलाई पनि सेवामा राखिरहन उत्तिकै चुनौतीपूर्ण छ ।

निजामती सेवामा क्षमतावान् र नैतिकवान् जनशक्ति भित्र्याउने उपायहरू
१. शैक्षिक क्षेत्रमा सुधार गरेर
यदि देशका नागरिकहरू बौद्धिक, क्षमतावान् र नैतिकवान् भए भने मात्रै त्यस्ता जनशक्तिहरूलाई निजामती सेवामा भित्र्याउन सकिन्छ । नेपालको शिक्षा प्रयोगात्मक भन्दा पनि सैद्धान्तिक विषयमा बढी आधारित छ । नेपालमा प्रदान गरिने शिक्षाले केही हद सम्म बौद्धिक र क्षमतावान् जनशक्ति उत्पादन गरे पनि नैतिकवान् जनशक्ति उत्पादन गर्नेमा शङ्का छ । आधारभूत, माध्यमिक र उच्च शिक्षाको तहमा नैतिक शिक्षा सम्बन्धी विषय अनिवार्य रूपमा पढाइ हुँदैन ।
सरकारी र निजी विद्यालयहरूमा हुने पढाइलाई गुणस्तरीय बनाउने र एकरूपता कायम गर्ने, प्रयोगात्मक सिकाइ लाई जोड दिने र कम्तीमा पनि आधारभूत र माध्यमिक तहमा नैतिक शिक्षालाई अनिवार्य गर्ने कार्य गरेमा देशमा बौद्धिक, क्षमतावान् र नैतिकवान् जनशक्ति उत्पादन गर्न सकिन्छ र त्यस्ता जनशक्तिलाई निजामती सेवामा भित्र्याउन सकिन्छ ।

२. लोक सेवा आयोगले लिने परीक्षामा सुधार गरेर
अङ्ग्रेजीको भाषाको परीक्षा
अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा हो । नेपाल परराष्ट्र सेवाका कर्मचारीहरूलाई मात्रै अङ्ग्रेजी भाषाको ज्ञान चाहिने होइन । अध्यागमन र पर्यटन क्षेत्र देखि लिएर देशका हरेक क्षेत्र र कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई अङ्ग्रेजी भाषाको ज्ञान अपरिहार्य हुन्छ ।

निजामती सेवामा प्रवेश गर्दा अङ्ग्रेजी भाषाको समेत परीक्षा लिई अङ्ग्रेजी बोल्ने, पढ्ने, सुन्ने र लेख्ने वातावरणमा काम गर्न सक्ने क्षमतावान् जनशक्ति भित्र्याउन सकिन्छ ।

बस्तुगत तथा छोटा उत्तर दिने परीक्षा
निजामती सेवाका कतिपय श्रेणी प्रवेशको लागि बस्तुगत तथा छोटा उत्तर दिने परीक्षा लिने गरिए पनि उप—सचिव र सह—सचिव श्रेणीमा प्रवेश गर्दा बस्तुगत तथा छोटा उत्तर दिने परीक्षा लिने व्यवस्था छैन । बस्तुगत परीक्षाबाट राम्रो सँग बुझेर पढेको र विषय बस्तुको राम्रो ज्ञान भएको व्यक्ति लाई मात्र छनौट गर्न सजिलो हुन्छ । त्यसैले उप—सचिव र सह— सचिव श्रेणीमा प्रवेश गर्न पनि कुनै न कुनै तरिकाले बस्तुगत परीक्षा लिनु आवश्यक देखिन्छ । लामो उत्तर दिने थोरै प्रश्नले कहिलेकाहीँ कुनै विषय पढेका र कुनै कार्यालयसँग सम्बन्धित कर्मचारीलाई मात्रै फाइदा पुग्न सक्छ । त्यसैले समग्र विषयवस्तुको परीक्षण गर्न छोटा धेरै प्रश्न सोध्नु उचित हुन्छ ।

अन्य माध्यमबाट क्षमताको परीक्षण
लोकसेवा आयोगले लिने परीक्षा मात्रै सबै थोक होइन । कुनै पनि व्यक्तिको क्षमता अन्य परीक्षा र क्षेत्रमा पनि देखिन सक्छ । शैक्षिक योग्यताको प्राप्ताङ्क प्रतिशत लाई पनि केही अङ्क छुट्ट्याउनु पर्छ । साथै वैज्ञानिक प्रकाशन, पत्र पत्रिकाहरूमा गरिएका लेख रचना प्रकाशन र पुस्तक प्रकाशनलाई पनि केही अङ्क भार दिनु पर्छ । विश्वव्यापी प्रतिस्पर्धाबाट छनौट भई अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेका र छात्रवृत्ति पाई विदेशमा अध्ययन गरेकोलाई पनि विशेष प्राथमिकता दिनु पर्छ । किनभने त्यस्ता व्यक्तिहरूको क्षमता विभिन्न माध्यहरुबाट परीक्षण भइसकेको हुनाले उनीहरू क्षमतावान् प्रमाणित भई भइसकेका हुन्छन् ।

नैतिकताको परीक्षण
हाल नेपालमा नैतिकवान् निजामती कर्मचारीहरूको खोजी भइरहेको छ । नैतिकताको परीक्षण गर्न त्यति सजिलो छैन । तैपनि अन्तरवार्ताको चरणमा थोरै नम्बर छुट्ट्याई यसको परीक्षण गर्न सकिन्छ । उदाहरणको लागि यस अगाडी नै जागिरमा प्रवेश गरेका व्यक्तिहरूको हकमा कमाऊ अड्डा मानिएका (अनौपचारिक रूपमा) कार्यालयहरूमा कति काम गरे ? त्यस्ता ठाउँमा कति पटक सरुवा भए ? समयको पालना कसरी गरेका छन् ? जीवनशैली कस्तो छ ? आफूभन्दा ठुला र साना प्रति कस्तो व्यवहार गर्छन् ? जस्ता विषयहरूलाई आधार बनाउन सकिन्छ । यस्तो परीक्षा कहिलेकाहीँ झन् पक्षपाती हुन सक्ने भएकाले परीक्षा लिने व्यक्तिले अत्यन्तै सावधानी अपनाउनु पर्छ ।

३. कानुनी सुधार गरेर
सेवा प्रवेशको उमेर हेरफेर
पढ्दा र सिक्दा मान्छेको उमेर धेरै हुन सक्छ । अझ अन्तर्राष्ट्रिय स्तरमा काम गरेर अनुभव बटुलेका व्यक्तिहरूको उमेर धेरै नै हुन्छ । त्रि.वि. सेवा आयोगमा पनि प्राध्यापक तहमा सेवा प्रवेश उमेर निजामती सेवामा प्रवेश उमेर भन्दा धेरै छ । यस्तो परिप्रेक्ष्यमा निजामती सेवामा पनि ४५ वर्ष सम्म सेवा प्रवेश गर्न दिनु उचित हुन्छ । त्यसो भयो भने अुनभवि र बौद्धिक जनशक्ति सेवामा भित्रन सक्छन् ।

पेन्सनको अवधिमा हेरफेर
पेन्सन भनेको सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो हो । पेन्सनको परिमाण घटाएर भए पनि कम्तीमा १० वर्ष सेवा गरे पनि पेन्सन दिनु उचित हुन्छ । यसो भएमा बौद्धिक र क्षमतावान् व्यक्तिहरू कम अवधि सेवा गरे पनि पेन्सन पाउने अपेक्षाले सेवा प्रवेशमा आकर्षित हुन्छन् ।

कार्यालय समय भन्दा अन्य समयमा उत्पादनशील काम गर्न दिने
कार्यालय समय भन्दा अगाडि वा पछाडि अनुत्पादक काम गर्न पाउने तर उत्पादनशील कार्य जस्तै शैक्षिक संस्थामा पढाउने जस्ता कार्य गर्न झन्झटिलो प्रक्रिया पुरा गरी अनुमति लिनु पर्ने प्रावधानले बौद्धिक र क्षमतावान् व्यक्तिहरूलाई हतोत्साहित गरिराखेको छ । बौद्धिक र क्षमतावान् व्यक्तिहरूलाई कार्यालय समय बाहेक, कार्यालयको काममा प्रतिकूल असर नपर्ने गरी काम गर्न दिने कानुन बनाई लागु गर्नु पर्छ । यसरी काम गर्दा अनुमति लिनु पर्ने र जानकारी गराउनु पर्ने जस्ता प्रावधानहरू राख्दा कर्मचारीहरूलाई झन्झट हुने हुँदा त्यस्ता प्रावधानहरू नराख्नु उचित हुन्छ ।

माथि उल्लेखित विषयहरूमा सुधार गरे मात्र निजामती सेवामा क्षमतावान् र नैतिकवान् जनशक्ति भित्र्याउन सकिन्छ । साथै हाल यस सेवामा रहेका यस्ता जनशक्ति लाई सेवामा रही लामो समयसम्म सेवा गर्न हौसला मिल्नेमा आशावादी हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस