७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदमा यू ट्युवे आतंक

अ+ अ-

सूचना प्रविधिको विकासले संसार ‘एकै छानो मुनीको घर’ जस्तै भएको वर्तमान दुनियाँ अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टामा चिठ्ठी पत्र बाँधिदिएर ‘लैजा चरी हावा सरी’ भनेर आसे भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन । श्रीमती गर्भवती भएको खबर सहितको चिठ्ठी ससुराली पठाएको ज्वाइँले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जाँदा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको विलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथा जस्तै लागिसकेको छ ।

हिजो जसरी सूचना गुमराहमा बस्नु पर्ने अवस्थामा छैनौ हामी आजका दिनमा । २००७ सालमा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनताले २००८ सालको अन्त्यतिर सुनेका थिए रे ! प्रवेशिका परीक्षाको नतिजा हेर्न हिजो केवल एक मात्र सरकारी समाचारपत्र थियो, नतिजा आएको एक साता भन्दा पछि सदरमुकाम पुगेर गएर पत्रीका ल्याए पछि मात्र जानकारी पाइन्थ्यो । धेरै पनि भएकै छैन, केही वर्षकै अन्तरालमा सञ्चार जगतले हाम्रो देशमा यत्ति छिटो पाइला चालिरहेको छ कि, यसले अन्य धेरै पूर्वाधारका सूचकाङ्कलाईसमेत पछि पार्दै आफूलाई अब्बल साबित गरेको छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा त यसले यत्ति चाँडो आफ्नो प्रभाव बिस्तार गरेको छ भने झन् विकसित मुलुकहरूमा सूचना प्रविधिको विकास कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौ । आज यहाँ प्रस्तुत गर्न लागिएको विषय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाई रहेको विकृतिसँग सम्बन्धित छ ।

केही दिन अगाडी देखी मैले यस विषयमा लेख लेख्न धेरै रिसर्च गरे अनि के यो ट्रेन्ड नेपालमा मात्र हो त भनेर बुझ्दै जाँदा यसले सारा विश्वभरी नै ‘बेतुक’ को खबरलाई चाँडो फैलाउने (भाइरल) हुने प्रवृत्ति रहेको पाइयो । जुन कुराको नियमन गर्न धेरै मुलुकहरूले प्रभावकारी संयन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबै सामाजिक सञ्जालहरूलाई कारबाही गर्ने गरेको पाइयो । वास्तविक सूचनालाई अनावश्यक रङ लगाइ अनेकौँ फुलबुट्टा भरेर कुन शब्द, शीर्षकले तुरुन्तै कौतुहलता देखाउँछन्, त्यो शीर्षक लेखी भित्र बेतुकको समाचार सामाग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपङ्क्ति मै सायद आउँछ होला ! के यी अफवाह कै निमित्त मात्र यस्ता सामाजिक सञ्जालको प्रादुर्भाव भएको हो त ? यी र यस्ता विषयमा कलम चलाउनु अघि यसको इतिहास अध्ययन गर्नु आवश्यक भएको हुँदा मैले बुझेसम्म देहाय अनुसारका लागी यस्ता केही तीन महत्त्वपूर्ण सञ्जालको विकास भएको पाइयो

इन्टरनेट 
टिम बर्नर्स लीले सन् १९६० को दशकमा अमेरिकाको रक्षा विभागको अनुसन्धान गर्नका लागी विकास भएको इन्टरनेट अहिले यसको प्रयोग कर्ता तीन अर्व माथि रहेको छ । सुरुवात ताका ‘अर्पनेट’ नामकरण गरिएको यसको नाम पछि मात्र ‘इन्टरनेट’ भएको हो । यसलाई पछि अक्सफोर्ड विश्वबिद्यालयले बिस्तार गरेको थियो । सूचना आदान प्रदान गर्न छिटो छरितो बनाउन यसको सुरुवात भएको मानिन्छ ।

फेसबुक
युवा विद्यार्थी जुकर्वर्कले सन २००५ मा आफ्ना हराएका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समय मै यत्ति लोकप्रियता हासिल गर्‍यो कि आज विश्वको १ दशमलव ७ बिलियन जनसङ्ख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ । सन् २००७ मा यसको व्यापक सम्भावना देखेर विश्वको ठुला औद्योगिक घराना माइक्रोसफ्टले यो सञ्जाल आफैले खरिद गरी यसका संस्थापकलाई नै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागे पछि भने ति युवा विद्यार्थीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन यानिकी यसले यत्ति चाडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरी दियो । सामाजिक सञ्जाल मध्ये सबैभन्दा लोकप्रिय यो सञ्जाल बनाउने विद्यार्थी हिजो कलेज फी तिर्न पार्ट टाइम काम गर्ने गरेकोमा अहिले फोर्स म्यागेजिनका अनुसार उनी विश्वको पाचौ धनी व्यक्ति भित्र परेका छन् ।

यु ट्युब
सन् २००५ मै हुर्लेर्ली चेड हर्ली, स्टीब चेन अनि जावेद कारीम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरूको संयुक्त पहल कदमीमा यसको सुरुवात अथवा आविष्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानिकी प्रणय दिवसका दिन डेटिङ साइटका लागी बनाएको यस साइटले पनि स्थापनाको छोटो समयमै यसले पनि आफ्नो विकासमा फेसबुकले झैँ छलाङ नै मारेको छ । स्थापना कै १८ महिना पश्चात गुगल जस्तो प्रसिद्ध इन्जिनले यो खरिद गरेपश्चात् यसले दिन दुई गुणा रात चौगुना ब्यापकता पाएको हो । एक सर्वे अनुसार हाल युट्युबमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेढ अरब भन्दा माथि रहेको छ ।

तर तत्समय तत् कार्यका लागी स्थापना भएका यस्ता सञ्जालहरू मध्य हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरूले पस्कने अतिरन्जना सहितको बेतुके खबरले जग हँसाइ भइरहेको छ । के भन्दा चाही धेरै भन्दा धेरैले त्यो हेर्छन् अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ, त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’ का शीर्षक राखेर अतिरन्जना सहित खबर सम्प्रेषण गरिरहँदा बिपीको बेलामा जनताहरू थप अन्योलमा हुने र झन् डर चिन्ता थपिने गर्दछ । यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आकलन नै नगरी इलजिकल कुरालाई बढाइ चढाइ गर्ने प्रवृत्तिले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्वसाधारण हरूमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरूले गरिरहेका छन् ।

यसो बाहिरतिरका विदेशी मिडियाहरू हेर्‍यो, जहाँ कत्ती चाखलाग्दा समाचारहरू आइरहेका हुन्छन्, विश्वका मिडियाहरूले आज नासाका वैज्ञानिकहरूले यो पत्ता लगाए, विश्व बजारमा आज यती अङ्कले कारोबार भयो, इरान र उत्तर कोरियाले संयुक्त रूपमा सैन्य अभ्यास गर्ने घोषणा, एप्पल कम्पनीले माइक्रोसफ्टसँग मिलेर यत्ति रकम समाज सेवाका लागी विनियोजन लगायतका खबर पस्किरहेको बेला तर हाम्रा हाम्रा बिचरा मिडियाहरू चाही एसबाट नाम आउनेले मिठो खाना पकाउछ्न रे, सुपा देउराली मन्दिर जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पुरा हुने गर्छ, भूमि सुधार मन्त्रीले स्याङ्जा पुगेर गरिन कर्मचारीहरूलाई निर्देशन : काम राम्रो सँग गर्नु, तेह्रथुमको सामूहिक हत्या प्रकरणमा मूलधारका मिडिया भन्दा अगाडी तिनै कुपात्रहरू पुगेछन् र त्यहाँको वातावरण लाइभ दिँदै एक सत्यले सो दुर्घटनामा बाच्न सफल सानी बच्चीलाई सोधेको प्रश्न देख्दा जो कोहीले पनि भाटो निकालेर बजाउन मन लाग्ने थियो । ‘सबैभन्दा पहिला कसलाई काट्यो, अनि रगत कति जति आयो, तिम्रो मनमा त्यो देख्दा कस्तो फील भयो ? तिमी अहिले त्यो मान्छेलाई भेट्यौ भने के गर्छौ ? जस्ता एकदमै संवेदनाहीन प्रश्न सोधेको हुँदा त्यस्तालाई खबर सम्प्रेषण गर्ने अधिकार कसले दियो ? २०७२ सालको भूकम्प जाँदा सबै जनता डर चिन्तामा बसिरहेका बेला यिनीहरू चाही अझै ९ रेक्टरको भूकम्प जान्छ भनेर नासाले भन्यो रे, एक छिन पछि आउँछ रे, यती बजे आउँछ रे, उति बजे आउँछ रे, अनेक अनेक डर देखाइदिएर आफ्नो भ्युज बढाउन खोज्ने तोरीलाहुरे प्रवृत्ति बाहेक अरू केही बाकी देखिन्न ।

विषय केही पाउदैनन् अनि कहिले जोगी, कहिले भोगी, कहिले ढोँगी, कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी । खबरको हेडिङ देख्दा पनि झर्को लागेर आउने हुन्छन् । उदाहरणका लागी जस्तै शिल्पा रुँदा रुँदा साउन भदौको बर्खाको पानी भन्दा धेरै आँसु झर्‍यो, दयाहाङ राईलाई सन्तान प्राप्ति, के जन्मियो हेर्नुहोस्, वरिष्ठ विश्लेषक पुण्य गौतमले गरे एक खुलासा: यो सरकार जनताको हितमा छ, अन्तरवार्ता मै सुरेन्द्र केसी यसरी भक्कानिए, धुर्मुस सुन्तली कै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हँसाए, वरिष्ठ नारी अधिकारवादी नेत्री सावित्री सुबेदीले भनिन्: आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ, सासू बुहारीको झगडामा: हेर्नुहोस् बुहारीको एक मुठी कपाल भुत्याएर सासूले भनिन्: अझै रिस मरेको छैन, हनिमुन पछि नायिका रिचा शर्मा पहिलो पटक मिडियामा : भनिन मज्जा आयो, अध्यक्ष प्रचण्डले बिहान बिहान एक्सरसाइज गर्न साइकल चलाउँछन्, आम्मामा गगन थापाको अहिले सम्मको डरलाग्दो खुलासा : कम्युनिस्ट सरकारले जनहितमा काम गर्न सकेनन्, फलानो नेताले सर्बजनिक मिडियामा भने देशको विकास गर्नु पर्छ  आदी इत्यादि । कुनै विषयबस्तु नपाए पछि एक राम्रै भ्युज भएको युट्युब मिडियावालाको ५ आना जग्गा रहेछ दह चोकमा । अनि त्यो बिक्री भएको रहेनछ, त्यो बेच्नलाई उनले त्यो जग्गासम्म जाने लाइभ प्रसारण गर्दै अहिले लगानी गरेर छोड्यो भने यो जग्गाले ४-५ साल पछि यत्ति धेरै फाइदा दिन्छ भन्दै अनेक अनेक बर्बराउदै थिए ।

केही दिन अघि मात्रै ‘टेकु, नर्भिक अनि बिरगन्जमा कोरोनाले नेपालीको मृत्यु’ खबर बिना स्रोत, बिना सत्य बिना प्रमाणका भरमा प्रसारण भयो अनि स्याल हुइयाले बुझ्दै नबुझी युट्युबेकै पछि लागेर हाम्रा केही मूलधारका मिडियाकर्मीले पनि ब्रेकिङ न्युज नै बनाए तर जुन असत्य साबित भयो र उनीहरूले एक प्रेस वक्तव्य नै जारी गर्नु पर्‍यो । यस्ता भ्रामक र दु:ख दिने खालका खबर प्रकाशन गर्नेलाई भरपर्दो कानुनी कारबाही गर्न सकिएन भने यी तोरीलाहुरेहरूको मनोबल झन् बढेर जान्छ र कालान्तरमा यिनीहरूले आफू हिट कसरी हुन सकिन्छ, केवल त्यो मात्र गरेर जनमानसमा झन् अन्यौलता छर्छन् ।

के माथिका कुनै खबर शीर्षकमा कुनै दम, वजन अनि तुक छ होला र ? कसले भने वरिष्ठ त्यस्ता स्वाँठहरूलाई अनि नेताले देश विकास गर्नुपर्छ भन्दा त्यो पनि थोडी न्युज शीर्षक बन्छ होला र ? यसो सम्झँदा लाग्छ धिक्कार हाम्रा मिडिया अनि झन् धिक्कार त्यस्ता पित्त पत्रकारिताका मसिहाहरूलाई । जसलाई अरू कसैको कुनै प्रवाह छैन । यो सबै देख्दा र सुन्दा यसका आविष्कारकहरू पनि हाम्रा देशमा आए भने ‘धिक्कार मैले के यत्तिका लागी नै हो त यत्रो दु:ख गरेर यसको आविष्कार गरेको’ भनेर ओठ लोपार्दा हुन् ।

यहाँ मैले बुझ्न नसकिरहेको कुरा चाहिँ, यी युट्युबहरूलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमति कसले दियो ? यदि बिना अनुमति उनीहरूले जथाभाबी बेलगाम बर्बाराउदै हिड्छन् भने त्यो गैरकानुनी काम भइरहँदा राज्यले किन कठालो समाएर तह लगाउन नसकेको होला ? केही पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया विधेयकले यी र यस्ता मिडिया पोर्टलहरूलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो जुन संसद् बाट पारित हुनु अगाडी मूलधारका मिडिया अनि राम्रा पत्रकारहरू समेतले विरोध जनाएको कारण स्थगन भएको छ । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युट्युबेहरूलाई तह लगाउने खालका केही धारा अत्यन्तै सर्हानिय थियो तर अपसोच त्यो पास हुन पाएन ।

यस आलेखको मूल मर्म ति राम्रा, खोजमूलक अनि यथार्थपरक खबर अनि मनोरञ्जनात्मक सामाग्रीहरू प्रसारण गर्ने युट्युबकारहरूलाई निरुत्साहन गर्न खोजेको चाही पक्कै होइन । यो केवल ति खुराफाती आत्माहरूलाई शाब्दिक झापड हान्न खोजिएको हो, जसमा जनमानसको कर्तब्यबोध एक रत्ती पनि छैन । अन्त्यमा मेरो सरकारसँग एक मात्र अनुरोध यो छ कि युट्युबको काम केवल सीमाभित्र बसेर मनोरञ्जनात्मक सामाग्रीहरू पस्कने हो । यिनीहरूले पत्रकारिता गर्ने होइन, अनि सामाजिक सञ्जालले पनि आफ्नो परिधि नाघ्नु भएन । यस्ता भ्रामक खबर सम्प्रेषण गर्ने च्यानलहरूको प्रकाशन तुरुन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिने एड्मिनहरूलाई कारबाही को दायरामा ल्याउन कानुन द्रुत मार्ग बाट बनाएर भए पनि यस्ता गलत कामलाई निरुत्साहित गरिहाल्नुपर्छ अन्यथा यस्ता युट्युबेहरूले समाजमा झन् आतङ्क सिर्जना गर्दछन् भने बिपतका समयमा झन् पिडा माथि पिडा थपिदिने काम गरिरहेका छन् ।

जसलाई पत्रकारिताको प समेत थाह छैन अनि आम सञ्चारको  इथीक समेत थाहा नहुने स्वाँठहरूले एउटा डी एस एल आर क्यामेरा घाटीमा झुन्ड्याउन साथ सन्चारकर्मी अरे !

न त कुनै दर्ता, न कुनै कार्यालय, कुनै आबद्धता न त कुनै इजाजत, न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व, भ्युजकै आधारमा विज्ञापन सङ्कलन गरी पैसा असुल्ने हसुरी प्रवृत्ति ! दु:खी भोका नाङ्गाहरूको संवेदनशील भिडियो समेत बनाइ उनीहरूको दयनीय अवस्थालाई झन् कारुणिक बनाएर शुभ चिन्तकहरू विशेष गरी परदेशिएकाहर बाट रकम असुली गरी लाख उठाइएको छ भने केही केजी चामल र केही जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुलबुट्टा भरेर भिडियो बनाएर त्यसलाई बाघ नै मारेर आएको जस्तो अनेक गर्जनका साथ एनिमल प्लानेटमा वन्यजन्तु खोज्न जाँदा ‘ओह माइ गड’ भनेर बोले जसरी ‘उफ उफ’ गर्दै के के न गरेको जसरी भिडियो एङ्गल एङगल बाट खिची सोलाई उही आम्मामा वाला शीर्षक दिई सो बाट भ्युज अनि सब्स्क्राइब बटुल्ने ‘युट्युबे कुपात्रहरू’ ले गर्दा आज धेरै राम्रा राम्रा काम गर्न चाहने पत्रकारहरू र असल नियतका युट्युब सञ्चालकहरूले समेत बदनामी हुनु परेको छ ।

फेसबूक्, युट्युब, साइबर लगायतका सञ्जालहरूले प्राय: सबै मुलुक हरूमा आफ्ना आफ्ना प्रतिनिधिहरू नियुक्त गरेका हुन्छन् जसले सो मा हुने अमर्यादित पोस्टहरूलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्कहरू अनि संवेदनाहीन कुराहरूलाई यसले अटो सेन्सर गर्न सक्दैन तसर्थ यस्ता काम नलाग्ने खालका जथाभाबी पोस्ट्याइ गर्नेहरूलाई नियमन गर्न यो सँग सम्बन्धी कानुन बनाएर व्यवस्थित गर्न ढिलो भई नै सकेको छ । सबै तालुकदार निकायलाई बेलैमा चेतना भया ।

यी लेखकका नीजि विचार हुन्

प्रतिक्रिया दिनुहोस