काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबिच बुधवार बिहान भएको छलफलपछि बैठक तय भएको हो । बैठकका एजेन्डा र प्रस्तावमाथि छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।
स्थायी कमिटी बैठकको माग गर्दै २० जना नेताले हस्ताक्षर बुझाएपछि यसबिचमा दुई पटक सचिवालय बैठक बसेको थियो ।