९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड नियन्त्रणमा चिनियाँ अनुभव उपयोगी : मन्त्री ढकाल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस(कोभिड १९) विश्वको लागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया गु्रपले संयुक्त आयोजना गरेको नेपाल चीन स्वास्थ्य विशेषज्ञ भर्चुवल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मिहिनेतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताए । महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वको लागि उपयोगी हुने मन्त्री ढकालले विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले कोभिड १९को महामारी समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिड विरुद्ध लड्न शक्ति मिल्ने बताइन् ।
पहाड र नदीहरुले जोडिएको नेपाल र चीनले महामारीको सामना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता र आपसी सहयोगले दुबै देश र जनताबीचको मित्रताको अगाध प्रतिविम्वित भएको स्पष्ट पारिन् ।

महामारीको रोकथाम र नियन्त्रणमा नेपाल सरकारले चालेको कडा कदमको प्रशंसा गर्दै त्यसले नेपालमा सकरात्मक नतिजा देखिएको राजदूत हौले उल्लेख गरिन् ।

नेपालको तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले चिनियाँ चिकित्सकहरुसँग कोभिडसँग सम्बन्धित जिज्ञाशा राखेका थिए ।

वीपी कोइराला स्मृति क्यान्सर अस्पतालका चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. लिउ लिउ, चीनबाट डा. चाङ्ग सिन ल्याङ्ग, डा. याङ्ग नान, डा. वाङ्ग फैलगायतले कोभिडको उपचार र महामारी नियन्त्रणमा प्राप्त गरेको अनुभव एवम् नेपाली विज्ञहरुबाट प्राप्त जिज्ञासाको जवाफ दिएका थिए ।

चाइना मिडिया ग्रुप अन्तर्गत चाइना सेन्ट्रल टेलिभिजन, चाइना रेडियो इन्टरनेशनललगायतका चिनियाँ संचार माध्यम तथा नेपालको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभ पेजमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस