विराटनगर । उदयपुरको भुल्केमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको उनको स्वाब नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।
संक्रमण देखिएकी महिला ४३ वर्षकी रहेको जनाइएको छ ।
यसअघि शनिबार बिहान भुल्केकै १८, ४५ र ६५ वर्षीया महिलामा संक्रमण देखिएको थियो । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको थियो । अरु परीक्षण जारी रहेको डाक्टर मिश्रले बताइन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।