९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सांसद अपहरण’ प्रकरणमा पूर्वआइजिपी खनालका चालकसँग लिइयो बयान

अ+ अ-

काठमाडौँ । ‘सांसद अपहरण प्रकरण’मा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालका चालकसँग बयान लिइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शनिवार पूर्वआईजीपी खनालका चालक प्रहरी हवलदार शिव तामाङसँग बयान लिएको हो ।

पूर्वआईजीपी खनालसहित नेकपा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ र नवीन बस्नेतविरुद्ध समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवका तर्फबाट बिहीबार काठमाडौँ प्रहरी परिसरमा ‘अपहरण’को मुद्दा दर्ता भएको थियो ।

यससँगै परिसरले अपहरण आरोपित नेकपा सांसद बस्नेत र पीडित समाजवादीका सांसद यादवका अंगरक्षक समेत रहेका प्रहरी जवानद्वय डिल्लीराम भट्टराई र चुणामणि भट्टराईलाई बयानका लागि उपस्थित गराइदिन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो । बिहीबार नै परिसरले निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली महोत्तरी पठाएको छ ।

वैशाख १० गते पूर्व आइजिपी खनाल तथा नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठले समाजवादी पार्टी विभाजन गर्ने मनसायले सो पार्टीका सांसद यादवलाई महोत्तरीस्थित घरबाटै जबरजस्ती गाडीमा हालेर काठमाडौँ ल्याएको आरोपमा काठमाडौँ परिसरमा अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता भएको हो ।

अपहरित भनिएका यादव परिसर पुगेर मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न नमानेपछि यादव वैशाख २२ गते काठमाडौँ सरकारी वकिलको कार्यालय गएका थिए । सोही मुद्दा सरकारी वकिलको कार्यालयबाट बिहीबार परिसरमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस