१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशसभा सदस्य थापाको राजीनामा माग

अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता र सरोकारवाला सङ्घ/संस्थाले कस्कीमा जातीय भेदभाव तथा छुवाछूत गर्ने अपराधीलाई संरक्षण गरेको भन्दै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामा माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतम, गणेश विक, नेपाली काँग्रेसका नेता मीन विश्वकर्मा, संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ र दलित गैरसरकारी संस्था महासङ्घलगायत सङ्घ÷संस्थाले प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

पोखरा महानगरपालिक– १६, बाटुलेचौर मा गत चैत २६ गते मोहन सुनारका आफ्ना भाइ सम्मरबहादुरको मृत्यु भएपश्चात काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीय देवबहादुर थापा, जनक थापालगायतकाले मोहन सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलौज र धाकधम्की दिई चरम जाति विभेद गरेका थिए ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएकाले नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय ऐन), २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । स्थानीय समाजसेवी, दलित अगुवाको ठूलो दबाबमा पाँच दिनपश्चात पीडक जनक थापा, देवबहादुर थापा र राम बिसी पक्राउ परेका छन् ।

सो घटनालाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुको सट्टा प्रदेशसभा सदस्य थापाले उल्टै जातीय भेदभाव तथा छुवाछूत गर्ने अपराधीलाई समर्थन गर्ने विज्ञप्ति जारी गरेको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन् । काँग्रेस निकट नेपाल दलित सङ्घले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापालाई अभियुक्तसरह पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस