६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात हजार परीक्षणविना घर फिर्ता

अ+ अ-

रोल्पा । जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो ।

कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए । ‘जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर एक साता घरमा सेल्फ आइसोलेशनमा रहन भनेका छौँ”, आचार्यले भने ।

कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताए। लकडाउन अवधिभर काठमाडौँलगायत अन्य स्थानबाट हजारौँ मजदूर जिल्ला आएका थिए । कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ । एक हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।

आज मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा तीन महिला र सात पुरुष बसेका छन् । आज ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा २८ महिला र ३० पुरुष बसेका छन् । चौबीस जना घर फर्किएका छन् ।

त्यस्तै सोमबारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट सात हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिए । अहिलेसम्म जिल्लाभर आइसोलेशनमा राखिएका १३ जना घर फर्किसकेको तथा अन्य पाँच जनालाई आइसोलेशनमा राखिएको स्वास्थ्थ कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस