८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनालाई केबल कहरको रूपमा नहेरी अवसरको आँखाले पनि हेरौँ

अ+ अ-

विश्वका कतिपय मुलुकको इतिहास पढ्दा र सुन्दा ठुला ठुला महामारी पश्चात् त्यसलाई अवसरको रूपमा हेर्दै विकासको फड्को मारेका पनि छन् । जापान, जर्मनी, लगायत मुलुकले दोस्रो विश्वयुद्ध पश्चात् भौतिक र आर्थिक प्रगति दिन दुई गुणा रात चार गुणा भने जसरी गरेका उदाहरण हामी सामु छन् ।

यद्यपि दोस्रो विश्वयुद्ध पूर्व पनि ती देशहरूमा विकास नभएको चाहिँ थिएन । तर विश्वयुद्धले त्यहाँको अर्थतन्त्र तहसनहस भएको थियो । त्यस लगायत विश्वमा कयौँ महामारीले कतिपय मुलुकको अर्थतन्त्र धराशायी बने पनि द्रुतगतिमा विकास गर्दे अर्थतन्त्रमा सुधार ल्याएका छन् । नेपालको सन्दर्भमा विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, अर्थ मन्त्रालयले कोरोनाका कारण ६.७ प्रतिशत भएको आर्थिक वृद्धिदर २.७ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरिरहेका छन् ।

आ.व २०७५/०७६ मा लगभग ७ खर्व विप्रेषण भित्रिएको कुल ग्रस्त उत्पादनको २९ प्रतिशत हिंसा ओगटेको थियो । यस वर्ष ३ खर्वसम्म विप्रेषण कम हुने प्रक्षेपण बाहिर आएको छ । ३२ प्रतिशत कुल ग्राहस्त उत्पादनको हिंसा ओगटेको कृषि पनि व्यवसायमुखी हुन सकेको छैन । एकै पटक यो प्रतिशत खासै धेरै बढ्ने सम्भावना पनि देखिँदैन । अर्कोतर्फ कोरोनाका कारण पर्यटन क्षेत्रमा ठुलो असर देखिएको छ । अझै यो असर १ देखि २ वर्षसम्म पनि जान सक्ने सम्भावना देखिन्छ, किनभने कतिपय पत्रपत्रिकाले कोरोनाको असरका कारण विश्वमा सम्पूर्ण सेवाहरू पहिलेको अवस्थामा आउन सन् २०२२ सम्म लाग्ने समाचार प्रकाशन गरिरहेका छन् ।

डिसेम्बर २०१९ मा पहिलो पटक चीनको मुहान सहरमा देखिएको कोरोनाको पूर्ण नियन्त्रण अझै चीनमा हुन नसकेको अवस्था छ । कोरोना सङ्क्रमण रोक्न खोप/औषधि पत्ता लागि सकेको अवस्था छैन । यद्यपि वैज्ञानिक/खोजकर्ताहरू अहोरात्र खटिरहेका छन् ।

विप्रेषण भित्रिने मुलुकको सूचीमा नेपाल विश्वकोमा बिसौँ स्थान भित्र पर्दछ । भारत र भारत बाहेकका देशमा गएको श्रमिकको यकिन तथ्याङ्क रहेको छैन । यद्यपि भारत र भारत बाहेकका देशको तथ्याङ्क सङ्कलन गर्ने हो भने लगभग ८० लाख हुने अनुमान गर्न सकिन्छ । अर्कोतर्फ वि.सं २०६८ को जनगणना अनुसार नेपालमा सक्रिय जनसङ्ख्या ४० प्रतिशत रहेको छ । विद्धानहरूका अनुसार सबै देशमा यस्तो अवस्था आउँदैन । तर हाम्रो देशमा काम गर्ने उमेर समूहका युवाहरू रोजगारको खोजीमा विदेश भौँतारिनु पर्ने अवस्था छ । जसले देशमा आवश्यकता परेको समयमा श्रमिकहरू अभाव हुने गर्दछ ।

अहिले हामी पत्रपत्रिका/समाचारमा सुन्ने गरेका छाँै, हजारौँको सङ्ख्यामा विभिन्न देशमा काम गर्ने श्रमिक नेपालीहरूको रोजगार धरापमा परिसकेको र लाखौँको सङ्ख्यामा रोजगार धरापमा पर्ने अवस्था आउने सम्भावना बढ्दै गएको छ । त्यस अवस्थामा सम्बन्धित गन्तव्य देशका लागि आफ्नो देशको नागरिकको रोजगारी प्राथमिकतामा नपरी विदेशी नागरिकहरू (नेपाली, लगायत अन्य देशका) प्राथमिकतामा पर्ने अनुमान गर्न सकिन्न । बन्दाबन्दी खुकुलो भयो भने, भारत र भारत बाहेकका देशमा भएका नेपालीहरू स्वदेश फर्किनेछन्, फर्काउनका लागि पहल गर्न अनुरोध गरिरहेको अवस्था छ ।

अब यहाँ वैदेशिक रोजगारमा भारत र भारत बाहेकका देशका नेपालीहरू स्वदेश फर्किदा अहिलेको अवस्थामा रोजगारी र स्वरोजगार हुन सक्ने अवस्था देखिँदैन । वैदेशिक रोजगारमा गएका नेपालीहरू पनि आफ्नै देशमा रोजगार/श्रम गर्ने व्यग्र चाहना देखिन्छ ।

कोरोना महामारीका कारण पनि स्वदेश फर्किने चाहना बढ्दै गएको छ । यस अवस्थामा सरकारले पर्याप्त गृहकार्य गर्दै नीतिगत र कानुनी बाटाहरू खोल्नुपर्ने भए व्यवस्था गर्दै वैदेशिक रोजगारमा भएका युवाहरूले चाहनालाई सकार पार्नतर्फ सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति सहित कदम चाल्न जरुरी छ । युवाहरूमा स्वदेश फर्किने र आफ्नै देशमा काम गर्ने व्यग्र चाहना बढ्नु, कोरोनाका कारण अझै केही वर्ष वैदेशिक रोजगारका ढोका खुलिहाल्ने सम्भावना कम हुनु र ४० प्रतिशत सक्रिय उमेरको जनसङ्ख्या देशमा हुनुले अव सरकार, राज्य त्यतातर्फ ध्यान दिदैं कोरोनाले सृजना गरेको चुनौतीलाई अवसरमा बदल्न भौतिक, आर्थिक विकास मार्फत देशलाई “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय अभियान सकार पार्न तर्फ लाग्नुपर्ने अत्यन्त जरुरी आवश्यकता रहेको छ ।

अब, कोरोनालाई केवल कहरको रूपमा नहेरी अवसरको आँखाले पनि हेरौँ ।

प्रतिक्रिया दिनुहोस