काठमाडौँ । सरकारले नेपाली सेनासहित सुरक्षाकर्मीलाई क्षमतावान् बनाउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७/०७८ को नीति तथा कार्यक्रममा सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराएर सुरक्षाकर्मीलाई दक्ष, व्यावसायिक र उच्च मनोबल बनाउने उल्लेख छ।
सुरक्षाकर्मीलाई नियमित तालिमले क्षमतावान् बनाइराख्ने सरकारको नीति छ। त्यसै गरी, सरकारले सैनिक विश्वविद्यालय स्थापना, सैनिक सामग्री उत्पादनमा राष्ट्रिय क्षमता बढाउने नीति पनि लिएको छ।