१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वाभिमानको गीत ‘सिमाना’सार्वजनिक

अ+ अ-

काठमाडौँ । राजानन्द माण्डब्यको शब्द तथा रचना र गायक तिलक बस्नेतको स्वरमा रहेको राष्ट्रभक्ति ‘सिमाना’को गीत सार्वजनिक गरिएको छ । नेपालको सीमा बचाउन सबैलाई अनुरोध गर्दै जेठ ३ गते गीत सार्वजनिक गरिएको हो ।

पछिल्लो समयमा नेपालको सीमा विवादले चर्को रूप लिएको छ। भारतले लिम्पियाधुरामा मोटर बाटो खनेपछि नेपालमा ठुलो स्वाभिमानको धक्का लागेको छ। नेपालले चाहेर पनि आफ्नो सिमाना बचाउन सकिरहेको छैन। सरकारको कूटनैतिक पहल नहुनु र छिमेकी मुलुकले निरन्तर नेपाली भूमिमा आफ्नो स्वामित्व स्थापना गर्न खोज्नुले नेपाली स्वाभिमानलाई धक्का दिन खोजेको प्रस्ट देख्न सकिन्छ।

नेपालको सिमाना तथा भूभाग ब्रिटिस साम्राज्यदेखि नै मिचिएको देख्न र सुन्न सकिन्छ। सन् १८१६को सुगौली सन्धि देखि नै नेपाली भूमिको र सीमाको विवाद साम्य हुन सकेको छैन। नेपालले चाहेर पनि आफ्नो सीमा आफ्नो भन्दै सिमानामा बार तथा पर्खाल लगाउने साहस गर्न सकेको छैन। नेपालको भारत तर्फ सबै जसो जिल्लाका सीमा भारतले मिचेको देखिन्छ र सुनिन्छ पनि। हाल नेपालको स्थापित नक्सामा पनि कालापानी, लिपुलेक, लिम्पियाधुराको जमिन विवादित रहेकोले नेपालको नक्सामा समेत आफ्नो जमिन अट्न सकेन । हिजोको पुर्खाको योगदान र उहनीहरुको बलिदान स्मरणीय रहेको भावहरू सिमाना गीतमा छ। पछिल्लो समय नेपालीहरूले सिमाना भोग्नु परेको समस्या लाई यो गीतले प्रस्ट पार्न खोजेको छ।

नेपालको सिमाना पूर्वमा टिस्टा नदी देखि सिक्किम, दार्जिलिङ हुँदै पश्चिममा लिम्पियाधुरा, कुमाउ, गडवालसम्म थियो भन्ने इतिहासमा पढ्न पाइन्छ त्यसै भूमिको स्मरण गर्दै यो गीतले स्वाभिमान जगाउने प्रयास गरेको छ। यो गीतले कोही वीर सपुत जन्मियोस् जसले सिमाना पर्खाल लगाएर आफ्नो देश सीमा बचाउन सकोस् भन्ने कामना गरिएको छ। वीर गोर्खालीका सन्तानले विश्व जनगतमा चिनिने नेपाली आफ्नो भूमि नै मिचिदा चुपचाप बस्ने भनेको आउँदो पुस्ताले अझै पिडा भोग्नु निश्चित प्राय छ। त्यसैले एस गीतका शब्दले देशको स्वाभिमान,पहिचान र सिमानाको रक्षार्थ सबै नेपाली एक हुनुपर्ने सन्देश दिएको छ।

विगत ८ वर्ष देखि नेपालको राष्ट्रिय पोसाक र झन्डाको संरक्षणमा अभियान गर्दै आएका सम्पूर्ण अभियन्ताहरूको सम्मान स्वरूप यो गीत तयार गरिएको हो। हामीलाई पूर्ण विश्वास छ राष्ट्र निर्माणमा सम्पूर्ण देश प्रेमी नागरिकले यो गीत सङ्गीतलाई न्याय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस