८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड – १९ र सूचना प्रविधिको प्रयोग

अ+ अ-

अहिले विश्व कोरोनाको महामारीले आक्रान्त छ । सारा विश्व यति वेला लगभग प्राय ठप्पै भएको छ । यस महामारीले यो लेख तयार पार्ने समय सम्म २१३ देशका ४७,२३,१९० जनालाई असर गरेको छ जस मध्ये ३,१३,२७३ जनाको मृत्यु भइसकेको छ भने १८,१३,४४९ जना उपचार पछि निको भएका छन् । २०१९ नोभेम्बरमा चीनको वुहानबाट सुरु भएको यस महामारी विश्वमा परालको आगो सरी फैलिरहेको छ जसको रोकथामका लागि कुनै सङ्केत देखा परेका छैनन् ।

विश्वको शक्तिशाली देश अमेरिका यसको मुख्य सिकार भएको छ । साथै युरोप महादेशका देशहरू पनि यस महामारीको चपेटामा परेका छन् र नेपालमा पनि यसको सङ्क्रमण फैलिँदो क्रममा छ भने एक जनाको मृत्यु भई सकेको छ । विश्वमा सङ्कट पैदा गरेको यस महामारीले विश्वमा एउटा धब्बा लगाएको छ । ‘जिओमेट्रीक प्रोग्रेसन’को शैलीमा यस महामारी फैलिरहेको छ । मानिसहरूमा निकै डर, त्रास बढेको छ । भारतमा सङ्क्रमणको दर तीव्र गतिमा बढ्नुले पनि नेपाल यसको उच्च जोखिममा रहेको छ । हुँदा खानेहरूको लागि एकातिर कोरोनाको डर छ भने अर्को तिर भोकमरीको चपेटाले छटपटाहट छाएको छ ।

भारतको बिस्तारवादी मानसिकताले नेपालीहरूलाई थप पीडा बोध गराएको छ भने सत्ताका लागि हुने राजनैतिक दाउपेचले नेपालीहरूमा निराशा छाएको छ । भनिन्छ समस्या बाजा बजाएर कहिल्यै आउँदैन, त्यसरी यो महामारी हाम्रा लागि निकै ठुलो चुनौती बनेर खडा भएको छ । विकसित देशहरूले समेतले निर्मूल पार्न नसकेको यस महामारी हाम्रो कल्पना भन्दा बाहिरको कुरा हुन सक्छ । “प्रिभेन्शन इज बेटर द्नयान क्युअर” भने झैँ यो महामारीको सङ्क्रमणबाट जोगिनु नै हामी सबैको हितकरमा रहने छ र यसको विकल्प भनेको आखिर त्यही लकडाउन अर्थात् बन्दा बन्दी नै हो, जुन हामी गरिरहेका छौँ।

विश्वमा सूचना प्रविधिको प्रयोग दिनानुदिन निकै बढी रहेको छ । नेपालमा पनि यसको विकास निकै तीव्र गतिमा भई रहेको छ ।सूचना प्रविधिका कारण आज विश्व एक ‘ग्लोबल भिलेज’ को रूपमा रूपान्तरण भएको छ । भौगोलिक विकटता भएका क्षेत्रहरू आज सबैसँग जोडिन सकेका छन् । यो निकै सकारात्मकता पाटो हो । सूचना प्रविधि सम्बन्धी नेपालमा पनि थुप्रै प्रयासहरू नभएका होईनन । हाल इन्टरनेट प्रयोगकर्ता कुल जनसङ्ख्याको ५५.४% पुगी सकेको छन् भने पन्ध्रौँ आवधिक योजनाको अन्त्य सम्म यसलाई ८०% पुर्‍याउने लक्ष्य लिइएको छ ।

त्यसै गरी हाल सम्म ७२% नेपालीमा टेलिभिजन र ८३% नेपालीमा रेडियोको पहुँच पुगेको छ । पन्ध्रौँ योजनाले सूचना प्रविधिको विकासलाई जोड दिएको छ ।डिजिटल नेपाल, सूचना महामार्ग, डाटा सेन्टर, डाटा एक्सचेन्ज सेन्टर, आधुनिक प्रणालीमा आधारित टेलिफोन, ई-पेमेन्ट गेटवे जस्ता सूचना प्रविधि सम्बन्धी पूर्वाधार विकासमा यस योजनाले जोड दिएको छ ।

नेपालको संविधानको धारा १९ मा सञ्चार सम्बन्धीको हक र धारा २७ मा सूचना सम्बन्धीको हकलाई मौलिक हकको रूपमा स्थापित गर्नुले पनि सूचना तथा सञ्चार क्षेत्रको विकासमा टेवा दिएको छ । “सूचना तथा सञ्चार प्रविधि नीति २०७२” ले अन्तर्राष्ट्रिय सञ्जाल तयार गरी तथा विद्युतीय सरकार सञ्चालन सूचांकमा सन २०२० सम्म नेपालको स्थान विश्वमा दोस्रो चौथाइमा पुर्‍याउने, सन २०२० सम्म ७५ % नेपालीलाई ‘डिजिटल लिट्रेट’  बनाउने तथा २०२० सम्ममा नै कुल जिडिपीमा सूचना तथा सञ्चार प्रविधि को भूमिका (दूर सञ्चार बाहेक )२.५ % पुर्‍याउने लक्ष्य लिइनुले पनि नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गई रहेको छ ।

कोरोनाको महामारीका कारण विश्व नै शिथिल भएको यस सङ्कटको अवस्थामा सूचना प्रविधिको प्रयोग निकै नै बढेको मान्न सकिन्छ । मानिसहरू घरमै गुम्सिनु पर्ने यस बाध्यात्मक परिस्थितिमा यसको उपयोगले केही हद सम्म भए पनि मानिसलाई सहयोग पुर्‍याइरहेको छ । सामाजिक सञ्जालहरू आज सूचना आदानप्रदानका संवाहक भएका छन् । हिजो सूचनाका लागि प्रयोग हुने रेडियो, टेलिभिजनलाई आज सामाजिक सञ्जालले प्रतिस्थापन गरेको छ । मानिसहरूलाई छोटो समयमै सूचना उपलब्ध गराई सचेत गराउने कार्य पनि सामाजिक सञ्जालले गरेको छ । कोरोना सम्बन्धीका चेतनात्मक जानकारीहरू पनि सामाजिक सञ्जालमा पाउन सकिन्छ । आज सूचना प्रविधिको प्रयोगले गर्दा कोरोना सङ्क्रमित मानिसका सम्पर्कमा आएका मानिसहरूको ट्रेसिङ गरी उनीहरूमा सङ्क्रमणको परीक्षण गर्न सहयोग मिलेको छ ।

बन्दा बन्दीको अवस्थामा पनि यही सूचना तथा सञ्चार प्रविधिकै कारण वित्तीय कारोबारहरू गर्न सहयोग पुगेको छ । ‘डिस्टेन्स लर्निङ, भर्च्युअल मिटिङ’ लगायत विभिन्न क्रियाकलाप मानिसको भौतिक उपस्थिति बिना नै आज सम्भव भएका छन् । बन्दाबन्दीका कारण मानिसमा पर्ने सक्ने मानसिक रोगलाई पनि केही हद सम्म सूचना प्रविधिको प्रयोगले कम गरेको छ ।सूचना प्रविधिले नै आज धन कमाउन वेदेशिएको छोरालाई आफ्नो परिवारसँग मिलन गराइदिएको छ । आज मानिसको जीवनयापनको शैली नै परिवर्तन भएको छ । अझ भनौ सूचना प्रविधि बिना मानिसको जीवनयापन असम्भव जस्तै भएको छ । कोरोना महामारीको रोकथामका लागि सूचना प्रविधिका डिजिटल माध्यमहरू जस्तै आर्टिफिसियल इन्टेलीजेनस, बीग डाटा, क्लाउड कम्प्युटिङ आदि प्रयोग भई रहेका छन् ।

बन्दा बन्दीको अवस्थामा अत्यावश्यक सवारी पासका निम्ति ई पासको व्यवस्था पनि सूचना प्रविधिकै उपयोग हो । तर सूचना प्रविधिको दुरुपयोग पनि दिनानुदिन बढी रहेको छ । कोरोनाको महामारी सम्बन्धमा भ्रामक समाचारहरू सम्प्रेषण हुँदा सर्वसाधारणमा नकारात्मक प्रभाव पर्ने गरेको छ । साइबर अपराध बढ्दो क्रममा छ । “विद्युतीय कारोबार ऐन २०६३” ले सूचना तथा सञ्चार प्रविधिको दुरुपयोग सम्बन्धी कसुर हेरी विभिन्न सजायको व्यवस्था गरेको छ तर प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

जसरी औषधीलाई प्रयोग गर्न जाने अमृत नजाने विष हुन्छ त्यसरी नै सूचना प्रविधिको असल प्रयोगले फाइदा पुग्छ भने खराब प्रयोगले हानी हुन्छ। त्यसैले प्रविधिको सही प्रयोग गरी कोरोनाको महामारी विरुद्ध लड्न ऐक्यबद्धता जाहेर गरी बन्दा बन्दीमा रहनु नै हामी सबैको हितकर ठहरिने छ । जीवन रक्षाका निम्ति बन्दा बन्दीको पूर्ण कार्यान्वयन नै उत्तम विकल्प हो । त्यसैले घरमै बसौँ, सङ्क्रमणबाट जोगिऊ, जीवन रक्षा हाम्रै हुने हो । ‘रात रहे अग्राख पलाउँछ’ भने झैँ जीवन रहे अरू कुरा गरौँला । दु:ख, कष्ट सकेसम्म सहेर जीवनका लागि सङ्घर्ष गरौँ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस