९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

अ+ अ-

काठमाडौँ । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो ।

उक्त क्वारेन्टिनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन समितिले बुधबार गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

नेपाली सेनाको रेखदेख तथा प्रदेश नंं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्लाका कोरोनाका आशङ्कित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ । अहिले पनि क्वारेन्टिमा ८१ नागरिक धनुषा, महोत्तरी तथा भारतीय रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ शिराबाट सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताउनुभयो । खासगरी क्वारेन्टिनमा दूरी अपनाइए पनि चेतनाको अभावले खानामा कतै लसपस भयो कि भन्ने आशङ्का भएकाले सबैको परीक्षण नगरेसम्मका लागि सिल गरिएको छ ।

धनुुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समिति धनुषाको बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टिन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस