१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो

अ+ अ-

काठमाडौँ । शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौँलगायतका जिल्लामा कोरोना सङ्क्रमित भेटिएका हुन् ।

शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ सय ४८ पुगेको हो ।

शनिवार सङ्क्रमण पुष्टि भएकाहरूमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौँका रहेका स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जनाएका छन् ।

शनिवार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा सङ्क्रमितको सङ्ख्या ७७ पुग्यो ।

त्यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका १३ जना पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सर्लाहीमा शनिवार बिहानसम्म सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ ।

त्यसै गरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना पुरुषमा पनि शनिवार सङ्क्रमण पुष्टि भएको छ । शनिवार बिहानसम्म रुपन्देहीमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसै गरी बाराको करैयामाई नगरपालिकाका ३७ वर्षीय पुरुष, काठमाडौँका ३५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका(६ का ५२ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म नेपालका ४० जिल्लामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी बाँकेमा ११५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाहरूमध्ये हालसम्म ७० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस