६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउन उल्लंघन गरेको आरोपमा २८ नेपाली भारतीय जेलमा

अ+ अ-

इटहरी । लकडाउन उल्लंघन गरेको आरोपमा भारत उत्तर प्रदेशको बागपत जिल्लामा २८ जना नेपाली नागरिक जेलमा रहेको पाइएको छ । जेलमा रहेका नेपालीहरुमा सुनसरीको कोसी गाउँपालिकाका १७, भोक्राहा नगरसिंह गाउँपालिकाका १ जना र १० जना सप्तरीका पाइएको बताइएको छ ।

उनीहरुलाई गत बिहीबारदेखि लकडाउन उल्लघंन गरेको अभियोगमा बागपत जिल्ला कारागारमा राखिएको वुझिएको छ । जेलमा रहेका नागरिकले भ्वाइस म्यासेजमार्फत आफूहरु जेलमा रहेकाले उद्धार गरिदिन आग्रह गरेको कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले बताएका छन् ।

उनलका अनुसार गत फागुन ५ गत सप्तरीमा सम्पन्‍न इस्लामिक भेलामा सहभागी टोली ज्ञान बाँड्ने उद्देश्यले भारतको विभिन्न स्थान हुँदै भारतको उत्तर प्रदेश पुगेका थिए । भारतको दिल्लीमा आयोजित मुस्लिम कार्यक्रममा सहभागीमा कोरोना संक्रमण देखिएपछि भारतले कडाइ गरेको थियो । सोही क्रममा उत्तर प्रदेश पुगेको नेपाली टोलीसहित अन्य भारतीय नागरिकलाई ३९ दिन कृष्ण उच्च माविको क्वारेन्टाइनमा राखिएकोे अध्यक्ष अन्सारीले बताएका छन्।

भारतीय नागरिकलाई छाडिए पनि नेपाली नागरिकलाई कारागार चलान गरिएको खबर आएको अध्यक्ष अन्सारीले बाताए ।

उनीहरु बसेको क्वारेन्टाइनमा २८ नेपालीसहित २ सय ५० जना भारतीय नागरिक रहेका थिए ।

कोसी गाउँपालिका अध्यक्ष अन्सारीले भने, ‘बागपतका जिल्लाका एसपीसँग कुरा गर्दा नागरिकलाई नेपाल पठाइसकेका छौ‌ भन्छन्त, र अहिलेसम्म जेलबाट भने छाडिएको रहेनछ ।’

उद्धारका लागि संघीय सांसद ज्ञानेन्द्र कार्कीले मगंलबार परराष्ट्र मन्त्रालयमा घटनाबारे जानकारी गराइसकेको अन्सारीले बताए । कोसी गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत समेत घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराउने तयारी भएको अध्यक्ष अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस