१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भारतीय चेली’ शब्दको प्रयोगबारे छानबिन हुने : सभामुख

अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदमा भारतीय चेली शब्दको प्रयोग बारे छानबिन गर्ने बताएका छन् । नेकपा सांसद गंगा चौधरी सत्गौवाले प्रयोग गरेको ‘भारतीय चेली’ शब्दबारे छानबिन गर्ने बताएका हुन् ।

आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद चन्दा चौधरीले ‘भारतीय चेली’ शब्द रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताए ।

चौधरी बोलिरहँदा उनलाई रोक्दै सभामुख सापकोटाले यस विषयमा आफूले रुलिङ गरिसकेको र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताए । सापकोटाले भने, ‘यो विषयमा मैले रुलिङ गरिसकेको छु, सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्छु । त्यो विषयमा नजानुहोला ।’

सांसद चौधरीले भने नेपाल भारतबीच सदियौंदेखि विवाह सम्बन्ध कायम रहिरहेको भन्दै कुनै पनि भाषा, भेष, संस्कृति, राष्ट्रियता र मधेसका इतिहासका विषयलाई सामान्य रुपमा नलिन आग्रह गरिन् । उनले आफूहरुले संसद नियमावलीको व्यवस्थाअनुसार हिन्दीमा सपथ लिएको र हिन्दीमा बोलिरहेको पनि बताइन् ।

सांसद चौधरीले बोलिसकेपछि सभामुख सापकोटाले यो प्रकरणमा सबै विवरण पल्टाएर हेर्ने र कार्यव्यवस्था परामर्श समितिमा सबैको यथोचित छानबिन हुने पनि बताए । उनले बोल्ने क्रममा व्यक्तिगत टीका टिप्पणी नगर्न र आरोप प्रत्यारोपमा नउत्रिन पनि सांसदहरुलाई आग्रह गरेका छन् ।

सांसदहरुलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ को (म) को ख्याल गर्न पनि उनले आग्रह गरे । उक्त नियममा भनिएको छ, ‘अशिष्ट, अश्लील, अपमानजक, आपत्तिजक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न नहुने’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस