९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार पालिकाको एउटा आइसोलेशन केन्द्र

अ+ अ-

दाङ । दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शय्याको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् । राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् ।

आइसोलेशनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् । प्रत्येक पालिकाले कोषमा रु १५ लाख जम्मा गर्ने भएका छन् । केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा समितिसमेत गठन गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

“दाङमा कोरोना संक्रमण बढ्दै जानु र बिरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य शुरु गरिएको हो”, प्रवक्ता चौधरीले भने ।

देउखुरी क्षेत्रका प्रदेशसभा सदस्य र चार वटै पालिकाका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको आइतबारको बैठकले कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र मौरीघाटको व्यवस्थापन तथा सञ्चालनमा पालिकाले खेल्ने भूमिकासमेत निर्धारण गरिएको छ ।

देउखुरी आइसोलेशन केन्द्रका लागि आर्थिक, प्राविधिक, मानवीय पक्ष तथा सुरक्षागत कुरामा सबैको सहभागितासमेत निर्धारण गरी यही जेठ २७ गतेसम्म पूर्ण रुपले आइसोलेशन केन्द्र स्थापना गरिसक्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

नेपाली सेनाको सुरक्षा र व्यवस्थापन, दुई फिजिसियन, चारै पालिकाकाबाट आठ चिकित्सक, आठ नर्स, चार ल्याब टेक्निसियन र आठ कार्यालय सहयोगीसहितको प्रारम्भिक व्यवस्थापनमा कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र शुरु गरिने छ । साथै थप स्वास्थ्योपचारका लागि प्रदेश र केन्द्र सरकारबाट समेत समन्वय हुने गरी तयारी गरिएको प्रवक्ता चौधरीले बताए ।

जिल्लामा संक्रमित बढ्दै गएको र उनीहरुलाई राख्न आइसोलेशन वार्डको कमी भएकाले चार पालिका मिलेर बनाउन थालिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । “एउटा मात्रै पालिकाले धेरै ठूलो आइशोलेशन वार्ड बनाउन नसक्ने भएकाले चार वटा पालिका मिलेर एक सय वार्डको बनाउन लागेका हौँ”, केसीले भने ।

प्रतिक्रिया दिनुहोस