१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई चिकित्सकसहित ३० जनामा कोरोना सङ्क्रमण

अ+ अ-

काठमाडौँ । जिल्लामा रहेको भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज प्रेस वक्तव्य जारी गर्दै ३१० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ११ जना, नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जना रहेका छन् ।

त्यसैगरी नवलपुरका पाँच जना र धादिङ्का एक जनामा पनि कोरोना पुष्टि भएको हो । माडी र भरतपुर महानगरपालिकामा भेटिएका सङ्क्रमितहरु भारतबाट आएका नेपाली छन् ।

अस्पतालमा भएकाहरुमध्ये नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको छ । भरतपुर अस्पतालका डा. प्रमोद पौडेलका अनुसार सो अस्पताल र कोरोना अस्पतालमा उपचाररत छ जनाको आज गरिएको पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । ती दुई अस्पतालमा आठ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस