१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

कार्यकारी निर्देशक कार्कीले मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष राजीनामा पेस गरेका हुन् ।

२०६९ मङ्सिर १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट पहिलो पटक चार वर्षका लागि नियुक्त भएका कार्की २०७३ माघ ६ गते दोस्रो पटक थप चार वर्षका लागि नियुक्त भएका थिए । तर दोस्रो कार्यकालको ६ महिना अवधि बाँकी हुँदै कार्कीले पदबाट राजीनामा दिएका छन् ।

केही समय अघि रेडियो नेपालबाट प्रसारण डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई तीन दिने स्पष्टीकरण माग गरेसँगै उनी चर्चामा आएका थिए ।

‘रेडियो नेपालबाट मिति २०७७/०१/१५ गते सोमबार बिहान ६ः३० बजेको अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री श्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पङ्गु, निरङ्कुश शासक र भष्माशुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कस्तो भएको हो रु तीन दिन भित्रमा स्पष्टीकरण पेस गर्नुहुन मिति २०७७/०१/१५ गतेको माननीय मन्त्री स्तरीय निर्णयअनुसार अनुरोध छ’ मन्त्रालयकी सहसचिव राधिका अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको थियो ।

सम्बन्धित समाचार : रेडियो नेपालका कार्यकारी निर्देशकलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न पत्र

लगत्तै मन्त्रालयका तत्कालीन सचिव दीपक सुवेदीले मन्त्रिपरिषद्को १२/०९ को निर्णयअनुसार थप ७ दिने स्पष्टीकरण पेस गर्न भनेका थिए । जसमा जसमा मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादन सम्झौतामा उल्लेखित सूचकाँकहरुमा सन्तोषजनक प्रगति हुन नसक्नुका कारण र वार्षिक कार्यक्रमहरू समयमा सम्पन्न हुन नसकेको विषयलगायत रेडियो नेपालका अन्य विषयहरू जोडेर स्पष्टीकरण माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस