८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु

अ+ अ-

प्युठान । प्युठान नगरपालिकाले ‘हाम्रा सन्तान हाम्रो भविष्य’ कार्यक्रमअन्तर्गत शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु भएको छ । जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरिने उक्त कार्यक्रममार्फत शिशुका नाममा रु एक हजार नगरपालिकाले जम्मा गरिदिने नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

शिशुका नाममा बैंकमा खाता सञ्चालनका लागि नगरपालिका र नेपाल बैंक लिमिटेड बिजुवार शाखाबीच बुधबार सम्झौता भएको छ । सम्झौतापछि वडा कार्यालयको सिफारिसमा प्युठान–४ सेतीपोखरीका बालक आयन बरालका नाममा बैंक खाता सञ्चालन गरिएको नेबैंलि बिजुवार शाखा प्रबन्धक नरेन्द्र मिश्रले बताए ।

वडा कार्यालयको सिफारिसमा बुबा शङ्कर र आमा शिला पुनले बैंकमै आई आफ्नो २८ दिनको शिशुको खाता खोलिदिनुभएको हो । नगरपालिकाले रु एक हजार जम्मा गरिदिन्छ त्यसमा परिवारले थपिदिन सक्ने प्रबन्धक मिश्रले बताए । बैंकमा जम्मा भएको रकम बालबालिका १८ वर्ष पुगेपछि मात्र निकाल्न पाइने छ ।

त्यस्तै नेबैंलि बिजुवारले नगरपालिकाले खाता खोलिदिएका बालबालिकाका लागि रु पाँच हजार बराबरको औषधोपचार बीमा समेत गरिदिने व्यवस्था मिलाएको छ । उक्त बीमामार्फत बालबालिका १८ वर्षसम्म बिरामी भएमा उपचार पाउनेछन् ।

नगरक्षेत्रमा जन्मिने बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि नगरको पाँचौँ सभाबाट सो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताए। शिशु जन्मिएपछि पनि जन्मदर्ता नगराउने पाइएकाले समयमै दर्ता गराउन र नगरमा तिनको तथ्याङ्क लिनका लागि सो कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस