९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पादकलाई धम्की, महासंघद्वारा सुरक्षाको माग

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

“समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ”, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रबन्ध सम्पादक परियारका अनुसार काठमाडौँ प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडा असुलेको विषयमा विभिन्न शीर्षकमा समाचार सम्प्रषण गरेपछि सोही निहुँमा आफूलाई आइतबार बिहान ११ः५ बजे ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी निज केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएको महासंघले जनाएको छ ।

महासंघले प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो भएमा त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिई अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस