काठमाडौँ । दुई सहसचिवको सरुवा भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव पाराश्वर ढुङ्गानालाई अर्थ मन्त्रालय र नेपाल कानुन आयोगकी सहसचिव इन्दिरा दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।