७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आफ्नै भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर हुँदाहुँदै अरुको किन प्रयोग गर्ने ?’

अनलाइन
अ+ अ-

काठमाडौँ । कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको छ । नेपालमा पनि विद्यालय, विश्वविद्यालयका अध्ययन, अध्यापन, कार्यालयका काम तथा बैठक सबै भर्चुअल रुपमा हुँदै आएका छन् ।

भर्चुअल बैठकका लागि विभिन्न भिडियो ‘कन्फ्रेन्सिङ सफ्टवेयर’को प्रयोग भइरहेको छ । तर पछिल्ला समय ती सफ्टवेयरको प्रयोगमा ठूलो चुनौती देखिएको छ । सफ्टवेयरको सुरक्षालाई लिएर विश्वमा अहिले ठूलो बहस हुँदै आएको छ । भर्चुअल बैठकका लागि लोकप्रिय मानिएको जुम सफट्वेयमा पछिल्लो समय ह्याकरले आक्रमण गरेर अश्लिल भिडियो देखाइएको खबर सार्वजनिक भइरहेका छन् ।

सोमबारमात्र नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक भर्चुअल बैठकमा अश्लिल भिडियो सार्वजनिक भएपछि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले उक्त घटनाको छानबिन गर्न निर्देशन नै दिएको छ । सो कार्यक्रममा पर्यटनमन्त्रीसहित २०० बढीको सहभागिता थियो । केही दिन अघि जुममार्फत सञ्चालन भइरहेको एक भर्चुअल बैठकमा पनि त्यस्तै घटना भएको थियो ।

सामाजिक सञ्जालमा मात्र नभइ प्रविधिको सुरक्षालाई लिएर सदनमा पनि बहस शुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले पछिल्ला समय सूचना प्रविधिको प्रयोग ब्यापक बन्दै गएको अवस्थामा त्यसको गोपनीयता माथि ठूलो प्रश्न चिह्न खडा गरेको बताए । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले निर्माण गरेको भिडियो कन्फ्रेन्सिङ सफट्वेयर प्रयोग गर्नुपर्नेमा जोड दिए ।

‘अहिले हामी ‘डिजिटल वल्र्ड’मा सक्रिय छौँ । डिजिटल सफ्टवेयरको माध्यमबाट हामी भर्चुअल कन्फ्रेन्सिङ, मिटिङ तथा कक्षा सञ्चालन भइरहेका छन्, तर अहिले जुमलगायत विभिन्न सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेको छ’, उनले भने, ‘राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकार आफैँले ‘सोर्स कोड’ प्रयोग गरेर निर्माण गरेको भिडियो कन्फ्ररेन्स ‘टुल’ पनि तयार छ, आफ्नै सफ्टवेयर हुँदाहुँदै अन्य किन प्रयोग गर्ने ?’ उनले अन्य सफ्टवेयर प्रयोग गर्नुभन्दा नेपालमा निर्माण गरिएको सफ्टवेयर प्रयोग गरिनुपर्नेमा जोड दिए ।

सूचना प्रविधि विभागले निर्माण गरेको भिडियो कन्फ्रेसिन्ङ सफ्टवेयरमा २०० बढीले एकैसाथ सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै हाल विद्यालय, विभिन्न कार्यालयमा जुमलगायत विदेशी सफ्टवेरको प्रयोग बढ्दै गएको छ । सोही दलका सांसद उदया शर्मा पौडेलले सरकारले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पनि कतिपय कार्यालयमा पूरानै नक्सा प्रयोग गरेको पाइएकाले नयाँ नक्साको प्रयोगमा जोड दिइन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले सुशासन भाषणामा मात्र सीमित भएको उल्लेख गर्दै पछिल्ला समय महिला तथा बालबालिका हिंसाको घटना बढेकाप्रति सरकारको ध्यानाकर्षण गराए। सोही दलका सांसद चक्रप्रसाद स्नेहीले रुकुम घटनामा मृत्यु भएका व्यक्तिको ‘शव परीक्षण रिपोर्ट’ मा पानीमा डुबेर मृत्यु भएको भनिए पनि मृतकको कसरी हातखुट्टा भाँचियो, टाउको फुट्यो भनेर प्रश्न गरे ।

काँग्रेसकै सांसद तारादेवी भट्टले कोभिड–१९ को महामारी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा कोभिड विरुद्ध लड्न स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै सरकारको ध्यानार्षण गराए । उनले क्वारेन्टिनमा भएको महिला हिंसाका घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस