१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनिकाल निम्त्याउने सलह किरा नेपाल भित्रियो

अ+ अ-

काठमाडौं । अफ्रिकाबाट खाडी मुलुक इरान र पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलह किरा नेपाल भित्रिएको छ । सलह फट्याङ्ग्रा तराईका विभिन्न सीमाबाट नेपाल प्रवेश गरेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।

भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म यो किरा देखापरेको मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईले बताएका छन् । केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका विज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार–प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ । यो फट्याङग्रा नेपालमा छिरेपछि केन्द्रले दिउँसो उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो ।

उक्त फट्याङ्ग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुने संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले बताएको छ । यो सलह किराले एक दिनमा १३० किलोमिटरसम्मको बथान बनाएर हिड्न सक्छ । विज्ञहरुका अनुसार उक्त किराले ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने गर्छन् । एक दिनमा ५ किलोमिटरसम्म बथानमै उड्ने र गन्तव्यमा पुगेर जमिनमा उर्लिने विज्ञहरुले बताएका छन् । यो किराले प्रवेश गरेको स्थानमा सम्पूर्ण बाली नष्ट गर्नसक्ने भएकाले उक्त स्थानमा ठूलो भोकमरी हुने समेत बताइएको छ ।

सलह किरा सन् २००३ मा अफ्रिकामा उत्पत्ति भएको पाइएको छ । अहिले पाकिस्तान हुँदै भारत सम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा दुई ठूला आँधी साइक्लोन‍ले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए। नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनीहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाई पार गरि अफ्रिका पुगेको मानिन्छ। २०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाँको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।

२०२० को फेब्रुअरीमा सलह प्रकोपको कारणले पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो । २०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको थियो।

प्रतिक्रिया दिनुहोस