१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाँसोका पात्र हैनन् अपाङ्गता भएका व्यक्ति !

अ+ अ-

घरबन्दी ! बन्दाबन्दी ! केही फरक पर्दैन । तपाईँहरू अपाङ्ग बनिदिनुस् । मज्जाले जहाँ पनि जान पाउनुहुन्छ । पुलिसलेभाँटा हान्ने छैन । भ्यानमा लैजाने पनि छैन । जब पुलिस देख्नुहुन्छ नि खुट्टा खोच्याइदिनुस् । हात भँच्चाइदिनुस् । बङ्गाइदिनुस् । आँखा नभएको नक्कल गर्नुहोस् या चिम्लिदिनुस् । टाउको बटारिदिनुस् र थरथर हल्लिएझैँ गर्नुस् । मुखबाट र्याहल पनि तपतप चुहाइदिनुस् ।पुलिसले तपाईँलाई केही गर्ने छैन । उसले बरु सहयोग गर्ने छ या नदेखेझैँ गर्ने छ । पछिल्लो समय मेरो इन्बक्समा आएका, सामाजिक सञ्जालमा छाएका ‘सोकल्ड फन्नी’ भिडियोहरुको सन्देश हो यो । यदि तपाईँ अपाङ्ग हुनुभयो भने लकडाउनले केही असर गर्ने छैन । कति मजाक गर्न सकिन्छ गर्नुहोस् अपाङ्गतामाथि ।
कहिले कार्टुन बनाउनुहोस् । कहिले भिडियोमा अभिनय गर्नुहोस् । कहिले रेडियोमा बोल्नुहोस् अपाङ्ग बनेर । तपाईंहरुलाई दुनियाँ हँसाउनु छ र हँसाउनको लागि अपाङ्गता भएका व्यक्तिहरू छँदै छन् ! उनीहरूको नक्कल गरेर जति पनि हँसाउन सक्नुहुन्छ । आज म अलि आक्रोशमा छु । मान्छेहरू कि दुखाइमा आक्रोशित हुन्छन् कि ईर्श्यमा । मलाई केहीमा पनि ईर्ष्या छैन । तर ममा दुखाइ छ । यो समाजको व्यवहारसँग हरदिन दुख्छु म । हरदिन चिढिन्छु । मान्छे हुँ भन्छन्, तर मानवता छैन । के मानवता बिना कोही मान्छे कसरी हुन सक्छ ? तपाईंहरुलाई थाहा छ शरीरको कुनै अङ्ग कमजोर भइदिँदा के असर हुन्छ भनेर ?

मानिलिनुस् तपाईँ साँच्चीकै आँखा देख्नुहुन्न । तपाईँका गोडाहरू चल्दैनन् । तपाईँका हातहरू छैनन् ।तपाईँ सुन्नुहुन्न । तपाईँ बोल्न पनि सक्नुहुन्न । छातीमा हात राखेर कल्पना गर्नुस् यो अवस्थाको । अनि भन्नुस् के भयो ? तर आफूलाई नपर्दासम्म त केही पनि हुँदैन । खासमा हामीलाई अरूको दुःखले छुँदै छुँदैन । अझ अपाङ्गता भएका व्यक्तिहरूको दुःखले त कहाँ छुन्छ र ? हाँसो पो उठ्छ झन् हैन त ? उनीहरूको नक्कल गरेर हँसाउन मन लाग्छ, हाँस्न मन लाग्छ ! कतिपयले त घिन मान्छन् पनि । रोग सर्छ पनि भन्छन् । अपाङ्गता भएका व्यक्तिलाई अपवित्र भन्छन् भनेर अरूले भनेको सुनेथेँ ।यसपल्ट त म आफैँले सुन्न पुगेँ । केही समयअघि । यो लकडाउन नहुँदै बुटवलबाट एकजना बाबु आफ्नो छोराको उपचारको लागि काठमाडौँ आए । उनको २८ वर्षीय छोरा हिँड्न सक्दैनथे । दुई दिन लगाएर छोरा बोक्दै काठमाडौँ आएका ती गरिब बाबुसँग होटेलमा बस्ने खर्च थिएन । मेरो साथी सुरेन्द्र गुप्ता आफ्नो डेरामा लगि बाबुछोरालाई राख । भोलिपल्ट उनको घरबेटीले भने, यस्तो अपवित्र काम गर्ने ठाउँ होइन यो। म त तीन छक्क निज अपाङ्गताकोबारे जानकार घरबेटीले नै मलाई देखेपछि यति निर्दयी वचन बोले, त्यसले मलाई निकै दिनसम्म पोलिरह्यो । यस्ता घटना हाम्रो समाजमा भइरहन्छन् ।

गत वर्ष चितवनको नारायणबाट भन्ने सहरबाट १८ वर्षकी समीक्षा गुरुङ, जो ह्विलचेयर प्रयोग गर्छिन् उनी आँखाको उपचारको लागि कठामाडौं आएकी थिइन् । रमाइलो होस् भनेर एक दिन उनलाई चिडियाखाना घुमाउन लगेँ । कविता लेख्नर गीत गाउन सिपालु उनी निकै नै खुसी थिइन् । चिडियाखाना घुमिसकेपछि हामी गफ गर्दै एकान्त कुनाको रिङरोडतिर लाग्यौँ । किनकिउनलाई जानुपर्ने गौशाला थियो । म उनको ह्विलचेयल धकेल्दै थिएँ । हामी बस बिसौनीमा पुग्यौँ र गाडी कुर्न थाल्यौँ । उताबाट हरियो बस आयो । नाम जुनेली यातायात । रोक्ला रोक्ला जस्तो गरी आएको गाडी हामीलाई छोडेर स्वाट्ट अगाडि पो लाग्यो ! अनि रोकियो ।

मलाई झनक्क रिस उठ्यो र भावनालाई ह्विलचेयरमै छोडेर म त्यो गाडीको चालकसँग कुरा गर्न पुगेँ । उसले अनुहार बिगार्दै पछाडि अरुगाडीमा आउन सुझाव दियो । मलाई असह्य भयो । तुरुन्तै ह्विलचेयरमा बसेकी बहिनी पनि आउने गरी अगाडी पुगेको त्यो हरियो बसकोफोटो लिएँ र ट्विटरमा पोस्ट गरेँ । सामाजिक सञ्जालको तागत भन्नुपर्छ त्यो बस चालक अन्त्यमा कारबाहीमा पर्‍यो । यसरी देख्ने र बुझ्नेले एक्सन लिनै पर्छ भन्छु म । त्यसैले आज पनि एक्सन लिँदै छु यो लेखमार्फत । मलाई चिच्याएर भन्न मन छ, ए मान्छे हो तिमीहरू साँच्चीकै अपाङ्ग बन तर एक छिन रमाइलोको लागि हैन । अनि थाहा पाउँछौ अपाङ्गता हुनु के हो भनेर । यो समाजलेअपाङ्गता भएका व्यक्तिहरूलाई नराम्रोसँग ठगेको छ । हुँदाहुँदै आफ्नै परिवारले पनि ठगेको छ । त्यसैले त छोडिन्छन् अनाथ आश्रमहरूमा, बाटोहरूमा आफ्नो आमाबाबु तथा आफन्तकै हातबाट ।

सरकारले कहिले प्राथमिकतामा राखेन अपाङ्गता भएका व्यक्तिहरूको मुद्दालाई । छन् केही नीति नियम तथा कानुनहरू, तर ती फगतकागजमै सीमित छन् । कार्यान्वयनका लागि, संशोधनका लागि, नयाँ नीति नियम बनाउनका लागि केही अपाङ्गता भएका व्यक्तिहरुतथा तिनका सङ्घसंस्था नलागेका होइनन् तर त्यसमा पनि राजनीति हाबी भइदिँदा अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकार संरक्षण तथा प्रवर्द्धनको यात्रा धरमराएको छ । व्यक्तिगत स्वार्थले गर्दा अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनले छुनुपर्ने बिन्दु छुन सकेको छैन । त्यसैले अझै पनि धेरै सङ्ख्यामाअपाङ्गता भएका व्यक्तिहरू घरकै कुनाकाप्चामा निसास्सिएका छन् । बाटो बाटोमा माग्दै हिँडेका छन् । यति बेला त लकडाउन छमाग्नेहरुको गुजारा कसरी चलिरहेको होला, सोच मग्न छु ! यस विपरीत पढेलेखेका र कतिपय सचेत अपाङ्गता भएका व्यक्तिहरुआत्मनिर्भर हुन चाहन्छन् । दया उनीहरूको लागि घृणाको शब्द हो । आफ्नो क्षमताले उभिन तयार छन् उनीहरू । मात्र विश्वास अवसरको अभाव छ ।

मेरा थुप्रै साथीहरू छन् । भाइबहिनीहरू छन् । म प्रभावित हुन्छु उनीहरूको क्षमता देखेर । कल्पनाशीलता देखेर । तपाईँहरू आफैँ पनि प्रभावित हुनुहुन्छ होला विश्व प्रख्यात वैज्ञानिक स्टेफन हकिन्स, लेखक हेलेन केलर, महान् चित्रकार फ्रिडा काह्लो, सङ्गीतकार एन्ड्रियाबोस्सेली, पछिल्लो समयमा आएर अस्ट्रेलियन नागरिक निक भुजिसिकलाई हेर्नुहोस् उनी लाखौँको लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन् । उनको पुस्तक ‘लाइफ विदाउट लिमिट’ जीवन जिउन सिकाउने एउटा चर्चित कृति हो । जीवनदेखि दिक्दार हुनुहुन्छ भने युट्युबमा गएर उनको भिडियो हेर्दा पनि हुन्छ, म पनि त्यही गर्छु । टाढा किन जानुपर्‍यो र हाम्रो साहित्यकार झमक घिमिरेलाई हेर्नुहोस् । उनले लेखेर सबैलाई प्रभाव पारेकी छन् । उनको शरीर अपाङ्ग भएर के भो ? प्राडा. कमल लामिछानेलाई हेर्नुस् उनी जापानको एक प्रतिष्ठित विश्व विद्यालयमा पढाउँछन् ।

आँखा नदेखेर के भो, संसार देखेका छन् उनले । पोलियोका कारण सहायक सामग्री नभई हिँड्न नसक्ने डा. राजु ढकाललाई हेर्नुहोस् उनले कयौँ बिरामीलाई सञ्चो बनाइरहेका छन् । अरू पनि यस्ता धेरै व्यक्ति नेपालमै छन्, जसको नाम लिइरहँदा यो लेखलाई चाहिने शब्द सीमा नाघिएला । मेरो भन्नुको मतलब यो हो, अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका लागि बराबर योगदानकर्ता हुन सक्छन् । हात नहुनु, खुट्टा नहुनु वा आँखा नदेख्नुले कोही मान्छे केही पर्न सक्दैन भन्ने होइन । फरक त्यति हो तपाईंहरुलाई केही गर्नको निम्ति सहयोगी तथा सहायक सामग्री नचाहिएला तर अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गताको प्रकारअनुसार सहायक सामाग्री तथा सहयोगीको जरुरी हुन्छ । यसलाई हामीले अझै पनि बुझ्न सकेका छैनौँ ।

यहाँ सार्वजनिक शौचालयहरू सजिला छैनन् । लाखौँ बजेट खर्च गरेर बनाएको त्यही कीर्तिपुर गेटनिरको सार्वजनिक शौचालय हेर्नुस्, त्यहाँ ह्विलचेयर प्रयोगकर्ताहरू जानै सक्दैनन् ! कतै लामो यात्रा गर्दा शौचालयकै पिरले भोकै बस्न बाध्य कति छन् । के गर्नु खायो पियो भने दिसा आइहाल्छ । पिसाब आइहाल्छ । अपाङ्गता भएका बालबालिकाहरू खेल्नको लागि त खेलकुद स्थल कतै छैन । अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि स्थापित राष्ट्रिय अपाङ्ग महासङ्घसँगै जोडिएको भृकुटीमण्डपको काठमाडौँ फन पार्कको अवस्था उस्तै छ । केही महिनाअघि मात्र हामीले विद्यालय जान नसक्ने गम्भीर प्रकृतिका अपाङ्गता भएका बालबालिकाकालागि दुई हप्ते शैक्षिक तथा मनोसामाजिक कार्यक्रम गरेका थियौँ ।

कार्यक्रमको संयोजन एउटी प्रतिभावान् बहिनी रेश्मा खनाल गरेकी थिइन् । उनी आफै पनि अल्प दृष्टिविहीन हुन् । त्यति बेलाको उनको प्रस्तुतिले म ढुक्क थिएँ, उनले जीवनमा केही अवश्य गर्नेछिन् भनेर । त्यही कार्यक्रमको सिलसिलामा बालबालिकाले काठमाडौँ फन पार्क घुम्न जाने रहर गरे । उनीहरूको इच्छा पूरा गर्न हामी लाग्यौँ फनपार्कतिर । तर कठै ! त्यहाँको भौतिक संरचनाहरू देखेर मलाई विरक्त लागेर आयो । ती बालबालिकाले खेल्न मिल्ने कतै केही पनि रहेनछ ! खेल्ने कुरा त परै जाओस् यताउता डुल्नलाई पनि गाह्रो । जताततै सिँढी नै सिँढी ! स्वयम् सेवकहरूले कम्ता दुःख पाएनन् । त्यसमाथि ती बालबालिकाहरूको अनुहारमा छाएको निराशा ! अन्त्यमा उही नाचगान गरेरै उनीहरूलाई खुसी बनाउने प्रयास गर्‍यौ ।

कार्यक्रम सकियो । अन्तिम दिनमा बालबालिकाहरू निराश देखिन्थे । सपना नाम गरेकी एउटी बालिका त खुब रोइन् । उनी रोएको सम्झिँदा मेरो आँखा अझै पनि रसाउँछ । उनले सोधेकी थिइन्, अब फेरि कहिले यस्तो कार्यक्रम हुन्छ ? उनकै प्रश्नको जवाफमा हामीले वर्षमा दुई पटक यस्तै खाले कार्यक्रम गर्ने निधो पनि गरेका छौँ । त्यहाँ जम्मा भएका बालबालिका कोही चित्र कोर्न सौखिन थिए, कोही गीत गाउन, कविता लेख्न र कोही प्रविधिसँग खेल्न ।

गम्भीर प्रकृतिका यी बालबालिकाहरूका लागि एउटा सिकाइ घर सञ्चालन गर्न पाए उनीहरूले आफ्नो रुचि क्षमताअनुसार केही सिक्न पाउने थिए कि भन्ने लागि रहन्छ । के थाहा हाम्रै समाजमा पनि स्टेफन हकिन्स, फ्रिडा, हेलेन केलर अनिएन्ड्रियाहरु छन् कि, मात्र हामीले खोज्न सकिरहेका छैनौँ कि ! हामी त उनीहरूको कमजोरी मात्र देखिरहेछौँ, उनीहरू हिँड्न सक्दैनन्, बोल्न सक्दैनन्, सुन्न सक्दैनन् । खोज्नुहोस् त उनीहरू भित्रको दियो । जो बलेर समाजमा उज्यालो छर्न आतुर छन् । जान्नुहोस् त उनीहरू भित्रको क्षमता जो प्रस्फुटन भएर समाज चम्काउन अधीर छन् । खोतल्नुहोस् उनीहरूभित्रका चाहना जो अन्य नागरिक सरह उन्मुक्त हाँसो हाँस्दै सम्मानित जीवन बाँच्न तत्पर छन् । त्यसैले कृपया अपाङ्गता भएका व्यक्तिहरूको आत्म सम्मानमा चोट पुग्ने हर्कत निहुरिदिनुहोस् ।

सक्नुहुन्छ भने पहुँचयुक्त वातावरणको लागि पहल गर्नुहोस्, सक्नुहुन्न भने चुप लाग्नुहोस् । अमेरिकाका चर्चित अभिनेता मोर्गनफ्रिम्यानले भनेका छन्– अपाङ्गता भएका व्यक्ति माथिको प्रहार शक्तिको सबैभन्दा निम्न कोटीको प्रदर्शन हो । यही भनाइ सम्झँदै म फेरि पनि अनुरोध गर्छु, एक छिन कल्पना गर्नुहोस् त भोलि तपाईँ आफैँ अपाङ्ग हुनु भो भने, या तपाईँको आफ्नै मान्छे अपाङ्गताको अवस्थामा पुगे भने त्यो अवस्थालाई लिएर कसैले तपाईँको मजाक गर्दै गर्दा कस्तो अनुभूति हुने छ ? हेक्का राख्नुपर्छ हामीले, अपाङ्गता जोकोहीलाई जुनसुकै समयमा हुनसक्छ, मात्र दुई सेकेन्डको कुरा न हो !

प्रतिक्रिया दिनुहोस