१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक अद्‍भुत शिक्षकको लागि धन्यवाद !

अ+ अ-

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”अर्थात् “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान् शङ्कर हुन्, गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु।

यो उल्लेखित गुरु मन्त्र प्राय: गुरुपुर्णिको दिन अनि गुरुहरूप्रति आस्थावान् सबैको मुखारबिन्दुबाट सुनिन्छ।‘गुरुपुर्णिमा’ हिन्दु धर्मावलम्बीहरूले ६४ कला सिकाउने, गायत्री–दीक्षा मन्त्र–वेद मन्त्र दिने आचार्य, महाभारत, श्रीमद्भागवत, अठार पुराण, उपनिषद् लगायत धर्म, संस्कृतिका मार्गदर्शक ग्रन्थहरूका रचयिता ‘वेदव्यास’ को सम्झनामा ‘वेदव्यास जयन्ती’ को रूपमा, बौद्ध धर्म मान्‍नेहरुले गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश यसै दिन दिनुभएकाले यस दिनलाई ‘धर्म चक्र प्रवर्तन दिवस’ का रूपमा अनि हालका दिनहरूमा देश-विदेशतिर मनाइने ‘टिचर्स डे’ सबैको एउटै नाम यहीँ नै हो गुरुपुर्णिमा।

अक्षर आरम्भ गराउने प्रथम गुरु बुबा-आमादेखि प्राचीन कालका क्रमबद्ध रूपमा आउने ग्रिकका महान् दार्शनिकहरूदेखी वर्तमान समयमा जीवनका हरेक प्रहरहरूमा प्रेरणा र मार्गदर्शन प्रदान गर्नुहुने समस्त गुरुहरू, स्कुलमा आफूलाई पढाउने गुरुहरूलाई शिक्षक, कलेजहरूमा अध्यापन गराउने गुरुहरूलाई टिचर, लेक्चर, प्रोफेसर लगायत सम्पूर्णलाई एउटै शब्दमा ‘गुरु’ भनेर सम्बोधन गर्दा फरक नपर्ला जोसुकैलाई। यो ‘गुरु’ शब्दको संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने रहेको र आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ।

ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः अर्थात्”हे भगवान् ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ”,

यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र आध्यात्मिक शान्ति होस् भन्ने मन्त्र पनि गुरुपुर्णिमाकै हो।

त्यसैले आजको दिनमा म सबै शिक्षक-शिक्षिकाहरू जसले आफ्ना विद्यार्थीहरूलाई आवश्यक पर्ने ज्ञान एवं समय दान दिई विगत प्रस्तुत गर्ने, वर्तमान प्रकट गर्ने अनि भविष्य सृजना गराउनु भएको छ, अनि सबै बच्चाहरूका अभिभावकहरू जो घर शिक्षणमा व्यस्त रहनुभएको छ। तपाईँहरू सबैले“उत्तम शिक्षकहरू जवाफ दिँदैनन्, उनीहरू आफैँमा उत्तर आफैँलाई खोज्ने इच्छा जगाउँदछन् ”भन्ने कुरा पुष्टि गर्नुभएको छ।तपाईँहरू योग्य हुनुहुन्छ। म तपाईँहरू सबैलाई धन्यवाद दिन्छु।

किनकि, तपाईँहरू निस्वार्थ, समर्पित, मेहनती र बुद्धिमान व्यक्ति हुनुहुन्छ। तपाईंहरुसँग प्रशंसा, भक्ति, शिक्षा, प्रेरणा र अनुकम्पा छ जो त्यसको लागी म सधैँ तपाईँहरू सबैलाई सम्झना गर्नेछु।म तपाईँहरूको विद्यार्थी हुन कृतज्ञ छु। आज पर्न गएको गुरु पूर्णिमाको A, B, C, D,…… देखी क, ख, ग, घ,…… लगायत सप्तरङ्गी रङ्गहरूदेखि गणितको समीकरणसहितको हार्दिक हार्दिक शुभकामना टक्र्‍याउदछु।

तपाईँहरू ज्ञात अज्ञात सबैलाई एक अद्‍भुत शिक्षकको लागी धन्यवाद !

प्रतिक्रिया दिनुहोस