११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकारी अधिकृत र लेखापालविरुद्ध गाउँपालिका अध्यक्षले दिए उजुरी

अ+ अ-

मुगु । सोरु गाउँपालिकाका अध्यक्षले कार्यकारीअधिकृत र लेखापालविरुद्ध उजुरी दिएका छन् । कोरोना राहत कोषको रकम अनियमिता गरेको र विना काम योजनाको रकम भुक्तनी गर्न लागेको भन्दै अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढा विरुद्ध प्रशासनमा उजुरी दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत र लेखापालले राहत कोषमा बचेको १९ लाख रकम हिनामिना गरेको र काम नभएको योजनाको रकम भुक्तानी दिन लागेको भन्दै अध्यक्ष शाहीले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका छन् ।

कोरोना नियन्त्रणको लागि गाउँपालिकामा स्थापना गरिएको कोषमा १ करोड भन्दा बढी रकम जम्मा थियो । कोरोना रोकथाका विभिन्न शिर्षकमा अन्य रकम खर्च भए पनि कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको अध्यक्ष शाहीको आरोप छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सोरु गाउँपालिका— ८ तारापानी–नुवाकोट–रुम सडकखण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेश गरेको अध्यक्ष शाहीको दाबी छ ।

उक्त सडक निर्माणका लागि गाउँपालिकाले आव २०७६/०७७ मा १५ लाख बजेट बिनियोजन गरेको थियो ।

उपप्रमुख बमले ४ लाख अग्रिम पेश्की लिएको सोही रकम अनुसारको काम नै नगरी बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक समेत जफत गरेको शाहीले बताए ।

तर प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढाले गाउँपालिका अध्यक्षको आरोप झुटो भएको बताएका छन् । कोषमा रहेको १९ लाख रकम हिनामिना गरेको आरोप पनि झुटा रहेको उनको भनाइ छ । प्रशासकीय अधिकृत धान्ने बुढाले रकम हिनामिना नभएको बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि जिल्ला बाहिर रहेका सोरु गाउँपालिकाका स्थानीयहरुलाई उद्धार गर्दा यातायातमा खर्च भएको उनले बताए । गाउँपालिका उपाध्यक्ष र अध्यक्षबीच मनमुटाव भएका कारण आफूहरुमाथि आरोप प्रमुख प्रशासकीय अधिकृतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस