वासिङ्टन । अमेरिकी सेनामा पहिलो महिला अश्वेत पाइलट बनेकी छन् । अफ्रिकी मूलकी लेफ्टिनेन्ट मेड्लिन स्वीगल पहिलो अश्वेत महिला पाइलट बनेकी हुन् । अमेरिकामा केही साता यता श्वेत र अश्वेतबीच मनमुटाब सुरु भएको छ । अमेरिकी सेनाको तर्फबाट नेवल एयर ट्रेनिङ कमान्डद्वारा गरिएको एक ट्विटमा मेडलिन बारेको यो खबर राखिएको हो ।
ट्विटमा लेखिएको छ, ‘ट्रेनिङ पूरा गरेपछि टेक्निकल एयरक्राफ्ट (टेकएयर) उडाउने उनी पहिलो अश्वेत महिला पाइलट बनेकी हुन्। यो भन्दा पहिले अमेरिकी नेभीले पनि यसबारे ट्विट गरेको थियो। नेवल एयर ट्रेनिङ कमान्डले पनि ट्विटमा फ्लाइङ अफिसर मेडलिनले ‘विंग्स अफ गोल्ड’ हासिल गरेको उल्लेख छ। अमेरिकी नौसेनाको एयरविंग्समा यो सम्मान पाउने उनी पहिलो अश्वेत महिला हुन्।
BZ to Lt. j.g. Madeline Swegle on completing the Tactical Air (Strike) aviator syllabus. Swegle is the @USNavy’s first known Black female TACAIR pilot and will receive her Wings of Gold later this month. HOOYAH! @FlyNavy @NASKPAO #ForgedByTheSea #CNATRA #CNATRAgrads pic.twitter.com/FKSlURWQhJ
— Chief of Naval Air Training (@CNATRA) July 9, 2020
उनलाई ३१ जुलाइमा एक समारोहकाबीचमा उक्त ब्याज दिने कार्यक्रम रहेको छ। भर्जिनियाको बुर्केमा बस्दै आएकी मेडलिनले सन् २०१७ मा यूएस नेवल एकेडेमीबाट स्नातक गरेकी थिइन्।अधिकारीहरूका अनुसार उनलाई ‘ट्रेनिङ स्क्वाड्रन २१’ को जिम्मेवारी दिइएको छ। गत महिना अमेरिकी नौसेनाले रंगभेद र नश्लवादको समस्याको समाधान हुनुपर्ने संकेत गरेको थियो।
यी समुदायसँग जोडिएका मानिससँग काम गर्न सजिलो होस् र सेनामा यिनीहरूलाई पनि बराबरी मौका मिलोस् भन्ने उनीहरूको चाहना थियो। सेनामा मात्र ७६५ महिला पाइलट रोजमेरी मेरिनर सन् १९७४ मा एक टेक्निलक फाइटर जेट उडाउने पहिलो महिला बनेकी थिइन्। अहिले ४६ वर्ष पछि स्वीगलले नयाँ इतिहास रचेकी छन्। मिलिट्री डटकमकाअनुसार फाइटर यूनिटमा अश्वेत पाइलट कम छन्। पेंसकोला न्यूज जर्नलमा उल्लेख भएअनुसार सन् २०१८ सम्ममा नौसेनामा ७६५ जना महिला पाइलट थिए । एजेन्सी