१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड–१९ रोकथामबारे ट्राफिकको निबन्ध लेखन

अ+ अ-

काठमाडौं । सधैँ सडकमा सिटी बजाउँदै सवारी नियम पालनामा तल्लिन हुन्छन् ट्राफिक प्रहरी । उनीहरुलाई कुन गाडीले नियम मिच्यो र कुन गाडी नियमानुसार चल्यो भन्नेमा मात्रै ध्यान हुन्छ ।

त्यसरी सधैँ सडकमा देखिने ट्राफिक प्रहरीले यसपाली साहित्य लेखनमा आफ्नो क्षमता देखाए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले इम्पेरियल बिजनेस कलेजको सहकार्यमा ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण’का विषयमा आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको प्रतिस्पर्धामा उनीहरु उत्रिएका हुन् ।

खाली समयको सदुपयोग गर्दै सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सकिने उपायको खोजीका लागि उक्त कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रतिस्पर्धामा उत्रिएका ५१ प्रहरीमध्ये महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले बाजी मार्दै आज रु चार हजार पुरस्कार प्राप्त गरे। प्रतियोगितामा प्रहरी नायब निरीक्षक शम्भु सुस्केरा दोश्रो, प्रहरी जवान प्रकाश ढकाल तेश्रो भए । प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद न्यौपाने र गोपाल तामाङले क्रमश चौथो तथा पाँचौँ हुँदै पुरस्कार प्राप्त गरे ।

आज महाशाखामा एक समारोहका बीच महाशाखा प्रमुख ढकाल, इम्पेरियल बिजनेस कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, घुन्सा फाउण्डेशनका अध्यक्ष याङजोङ शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए ।

ट्राफिक प्रहरीले आफ्नो ड्यूटीका क्रममा कोरोनाबाट उत्पन्न समस्या, सङ्क्रमणबाट बच्ने उपाय, ट्राफिक प्रहरीको कर्तव्य र नागरिकमैत्री व्यवहारलगायतका विषय समेटी निबन्ध लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस